वाम गठबन्धन राष्ट्रका लागि खतरनाक : नेता पौडेल


आज तनहुँको डुम्रे बजारमा कार्यकर्ता भेटघाट कार्यक्रममा नेता पौडेलले सो कुरा बताउनुभएको हो ।
“कम्युनिष्टले एकात्मक राज्य ल्याउन चाहेका छन्”– पौडेलले भन्नुभयो । व्यक्तिगत स्वतन्त्रता, पेशा, व्यवसाय गरेर खान नदिनेलगायत सबै राज्य कब्जामा लिने जस्तो कम्युनिष्ट शासन चाहिँदैन भनेर संसारभरि फेल खाएको अवस्थामा तानाशाह वाम एकता घोषणा राष्ट्रका लागि खतरनाक भएको उहाँको भनाइ छ ।
पौडेलद्वारा जोशीविरुद्ध उजुरी
यसैगरी काँग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं २ का उम्मेदवार रामचन्द्र पौडेलले आफूविरुद्ध बागी उम्मेदवार दिएका काँग्रेस नेता गोविन्दराज जोशीको उम्मेदवारी रद्दको माग गर्दै आज उजुरी दिनुभएको छ ।पौडेलले तनहुँ जिल्ला अदालतस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा स्वयं उपस्थित भई उजुरी दिनुभएको हो । पौडेलले जोशीको उम्मेदवारी रद्दको माग गर्दै उजुरी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।जोशीको भ्रष्टाचारसम्बन्धी मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेकाबेला आफैँविरुद्ध बागी उम्मेदवारका रुपमा उम्मेदवारी परेपछि रद्दको माग गर्दै पौडेलले उजुरी दिएको बताइएको छ । पौडेलले जोशीको उम्मेदवारी रद्द हुनुपर्नेसहितको निवेदन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत नायब सुब्बा शिव पौडेलले बताउनुभयो ।जोशीलाई विशेष अदालतले विसं २०६९ साउन १० मा भ्रष्टाचारी ठहर गर्दै चार करोड ३२ लाख बिगो र जरिवाना तथा डेढ वर्ष कैद हुने फैसला गरेको थियो ।रासस

नयाँ वर्षमा नयाँ ऊर्जा, सङ्कल्प र सम्भावनाको खोजी गर्छाैं : प्रधानमन्त्री ओली
_D3BeYo1vqv_xftazfohlkw2qtglticbkq4blixiws0vslcm5yrwhz9yq1fxpkjn3k3qllnd_EXsb6YDqbO_o4xmbhobnx7elvarpgrgf6gnkdhncxxxa2bp30qdayjuwkmkblop0ei4lkw5.jpeg)
विद्यालय शिक्षा विधेयक चाँडै आउँछ, शिक्षकहरु आन्दोलनमा बसिरहनुु पर्दैन : प्रधा…
%2520(12)_GrcNHLYZTm_19p5mzels5hm1aq0e4zpdtmrjifx1p6iwofeduvmkhizzisykxcvya7xk0su_E6CEmvi3TH_p0mlfj1pxvpstazmv6mqddythisdcm7zyr9jzemkcpjfe5adu0y58mhfmazy.jpeg)
जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन सक्दैन : प्रधानमन्…

रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै
%2520(2)_2OHfomj8Nm_di0lapdnk5klowcdcmpswiheey4hoxopconeeadddcshdqsoyq5a3qudtmxb_W9Mdq9x4aN_9r5opy1urdwzupfiqqefahk4w13xjvkp88hw8b92bizefrzlifl6mv25cozz.jpg)
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै,यस्तो छन् कार्यसूची
_bjuaMVIhlL_zjrxml5wl0xfa0xe6sirujwvychgrjvw8hroqsbmc763r19o68pex24onxde_ihUTLhGdJF_fdvrzdohb7o8pb0j8vctsmncjuheksv3ca2evgjfhvnvfcddypxojaszkz2q.jpg)
विविधतायुक्त संस्कृतिलाई राष्ट्रिय एकतामा रुपान्तरित गर्न प्रधानन्त्रीको आग्रह
%2520(1)_eKYKJdfTnJ_ozb9nsxerlkfaibuw1kano3utsnlptbgyvdrsli7dyemg0zcypqmhji8t2ze_IKmyyZn0xx_kztm2il7iatha7zrk8uvwtryfdskg9cexpwbpqnbxhy71qj9txytcrjplc1r.jpg)
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
_nACo5kMwBq_wc2d4b53xqqd76s9wyyffobzvhahq7c9kgsj39rxfku1b2k4hiocr5qk836r_RYbbE67F2A_eaniugkmfzletv5xmnt9gnlyfd8pkzo5o1ix70gvak6yhe6sntgotk00yzmr.jpg)
प्रतिक्रिया