आइपीएल : घरेलु मैदानमा मुम्बई पराजित

७५ रनमा ५, १०८ रनमा ८ विकेट गुमाएको चेन्नाईलाई जित दिलाउन ब्राभोले शानदार ब्याटिङ गर्दै ६८ रन बनाए। १९औँ ओभरको अन्तिम बलमा आउट हुनुअघि ब्राभोले ३० बल खेल्दै ३ चौका र ७ छक्का प्रहार गरे। ब्राभोले नवौँ विकेटका लागि इमरान ताहिरसँग ४१ रनको साझेदारी गरे।
अन्तिम ओभरमा चेन्नाईलाई जितका लागि ७ रन आवश्यक थियो। केदार जादवले अन्तिम ओभरको चौथो बलमा छक्का प्रहार गर्दै खेललाई चेन्नाईको पक्षमा पारेका थिए। जादवले पाँचौ बलमा चौका प्रहार गर्दै खेल जिताए। त्यसअघि रिटायर्ड हर्ट भएर पवेलियन फर्केका जादव अन्तिम ओभरमा ब्याटिङ गर्न क्रिजमा पुगेका थिए।
बलिङमा मुम्बईका हार्दिक पान्ड्या र मायाङ्क मार्कन्डेले ३(३ विकेट लिए। त्यसअघि टस हारे पहिले ब्याटिङ गरेको मुम्बईले घरेलु मैदानमा ४ विकेट गुमाएर १६४ रन बनाएको थियो। मुम्बईका लागि सूर्यकुमार यादवले सर्वाधिक ४३ रन बनाए भने इशान किसनले ४० रन जोडे। यस्तै क्रुनल पान्ड्याले नटआउट ४१ रन जोडे। बलिङमा चेन्नाईका शेन वाट्सनले २ विकेट लिए।

शीतल निवासमा धान रोपाइँ

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार बस्दै

कांग्रेसको निष्कर्ष- संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकार्षण

संसद बैठक १५ मिनेटका लागि स्थगित

रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला

प्रतिक्रिया