रुँदै माफी मागे स्मिथले

काठमाडौं । बल टेम्पिरिङ विवादमा परेका अष्ट्रेलियाका निवर्तमान कप्तान स्टिभ स्मिथले रुँदै माफी मागेका छन् ।स्मिथसँगै प्रतिबन्धमा परेका डेभिड वार्नर र क्यामरुन बेनक्राफ्टले पनि माफी मागेका छन् । ‘टिमका सबै साथीहरू, क्रिकेटका समर्थक, सबै अष्टे«लियन जो निकै निराश छन् र रिसाएका छन्, मलाई माफ गरिदिनुहोस् । यो मेरो नेतृत्वको कमजोरी हो’ २८ वर्षे स्मिथले भावुक हुँदै भने–‘मलाई क्रिकेट खेल निकै मनपर्छ । कहिले पनि तपाईँलाई प्रश्न उठ्न सक्ने निर्णय लिनुपर्ने हुन्छ, आफ्नो अभिभावकलाई असर पार्दा के हुन्छ भन्ने सम्झनुपर्ने रहेछ ।’
उनले आफ्नै गलत निर्णयले गर्दा घटना भएको स्वीकारेका छन् । घटनालाई लिएर क्रिकेट अष्टे«लियाले स्मिथ र वार्नरमाथि एक वर्ष साथै क्यामरुन बेनक्राफ्टमाथि ९ महिना प्रतिबन्ध लगाइएको छ ।
यसैबीच स्मिथको पत्रकार सम्मेलन लगतै प्रशिक्षक ड्यारेन लेहमानले राजीनामा दिएको घोषणा गरेका छन् । स्मिथ अष्ट्रेलिया फर्किएर निकै भावुक बनेपछि प्रशिक्षक ड्यारेन लेहमानले राजीनामाको घोषणा गरेका हुन् । ‘स्मिथ र क्यामरुनको पीडापूर्ण प्रतिक्रिया हेरेपछि मैले यस्तो निर्णय लिएको हुँ’ उनले भनेका छन्–‘वास्तवमा टिमले गरेको गल्तीमा मेरो पनि जिम्मेवारी रहन्छ ।’
यसअघि सिड्नीमा भएको पत्रकार सम्मेलनमा स्मिथले घटनाको सबै जिम्मेवारी आफूले लिएको बताउँदै आँसु झारेका थिए । यसअघि बुधबार घटनाबारे कुराकानी गर्दा आफूले राजीनामा नगर्ने बताएका थिए ।
दक्षिण अफ्रिकाविरुद्ध केपटाउनमा भएको तेस्रो टेष्टका क्रममा अष्ट्रेलियाका बेनक्राफ्टले बल टेम्पिरिङ गरेका थिए । यसबारे आफूसहित लिडरसिप टिमलाई पूर्व जानकारी रहेको स्मिथले यसअघि नै स्वीकार गरेका थिए ।

सुनको मूल्य पून : बढ्यो
_1UYBApZJmw_hhmvij2qqd3gev79cg8v1xprhlfgevrmaxgu5of8uou9c8gnswn2j3qdby5n_bJsd1vKHk5_onofjb3rsrfujgbrlj1zeyfidpcfzgwi1itromz61htwxzewdoozm0a550fd.jpg)
करेन्ट, गुट्खा, भोला पावर, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

२५ जना महिलाले २५ सयबाट सुरु गरेको सहकारी झण्डै ७१ करोडको मालिक
_Lvw0M0yfPg_buzfrtgaprztpdhbi4rahulidezg6b1f2vnqk0z3z4k7pllbonjltjaitm7n_erAwwrTef2_ahvhxhtd4sxdfpfl3ynhjnvurbexgn5ii7ntsu6p0zfm3orwtrnu5i8ymzgv.jpg)
डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो
%2520(12)_ccg9YI0Vb0_wx6anenxdyl9gn7yijbd4zqsuctea7ax7lajazcwbg5froxwiwzfwvxxzmcj_V6ckcOvKPT_lb8nwcq9lfgcdwh9qeahrprukw9373ppn3f44gdbcwxndn5t5mey8uamaozq.jpg)
पोखरामा पहिलो ‘नाडा अटो शो २०२५’ सम्पन्न
_8CvvJHEh1n_ojah61gs4qevxwqcgwcfm3i9qiqiowdkqop48ril4eti61ysadgqiat0jnwm_xeTNBFT6de_ls85addbo48mjpir3awe5ysbwabopwkuulic0nih4tkgdsllkepqawg0xshw.jpg)
निगमले घटायो पेट्रोलियम पदार्थको मुल्य
_6TNRIBI5Kp_9pyf3zavrf90bbppvwyxkdyhdqzpbtidz7h0dc1jcenglqfweuote0vhiarz_Z31obSjWFh_6xgnwh5yg2resvk5cvgklhx6omhbcachrm8xm2mvduhiauo1maacbs7mosg1.jpg)
मोवाइल व्यवसायी महासंघको प्रदेश स्तरीय भेला चितवनमा

प्रतिक्रिया