गौशाला गोली काण्ड : गणेश लामाको सफाय गर्न खोजेको थियो समिरमानको समुहले

glamaa]

काठमाडौं । गत साता गौशाला स्थित पशुपति भिजन अगाडी भएको गोली काण्ड प्रकरणमा नयाँ तथ्य बाहिर आएको छ । कांग्रेस नेता तथा पुराना गुण्डा नाइके गणेश लामालाई लक्षित गरी गोली प्रहार भएको थियो । तर, सिसीटिभि फुटेजमा भने लामाले भुइमा खसेको पेस्तोल हातमा लिएको देखिँदा प्रहरीले लामा हतियार सहित पक्राउ परेको दाबी गर्‍यो । लामाको दरीलो मुटुको कारण गोलीले उनको छाती छुन भ्याएन । गोली पड्किएपछि भुईँसम्म खसेको पेस्तोल नियन्त्रणमा लिँदा लामा अहिले प्रहरीको हिरासतमा हात हतियार तथा खरखजना मुद्दा झेल्न बाध्य छन् ।

 पशुपती भिजनमा रहेको ईन्द्रेणी फिटनेस क्लवमा लामा नियमित शारीरिक व्यायमको लागि पुग्ने गर्थे । उनको आउने र जाने समय प्रायः एकै हुन्थ्यो । त्यस दिन पनि क्लवको नियमित कार्य सकाएर फर्किने क्रममा उनलाई लक्षित गरी गोली प्रहार गर्न खोजिएको थियो । जब कालसँग लडेर खोसीएको पेस्तोल लामाको हातबाट प्रहरीले बनाएको मुचुल्का बनाएर मुद्दाको अनुसन्धान अगाडी बढायो । प्रहरी संरक्षणमा रहेको गुण्डाको एक समुहले बिगत डेढ बर्षदेखि गणेश लामाको सफाया गर्न खोजेको थियो ।

 एक महिना अगाडी प्रहरी ईन्काउन्टरमा मारिएका मनोज पुन र हाल कारागारमा रहेका समिरमान बस्नेतको समुहले लामालाई सफाया गर्न खोजेका थिए । आफन्त डिएसपीको सेटिङमा सिअाईबीले भारतबाट पक्राउ गरी समिरमान बस्नेतलाई मुद्दा चलाएपछि बस्नेतको मनोबल झन उच्च बनेको प्रहरी स्रोत वताउंछ। बस्नेतले कारागारबाटै सुटरलाई प्रयोग गरी लामाको हत्या गर्न लागेको स्रोतको दाबी छ । एक माहिना अघी तिनै डिएसपीले लामालाई फोन गरी 'तपाईंलाई अपराध महाशाखाको प्रहरीले इन्काउन्टर गर्न खोजेको वताउनु' र अहिले उनैले संरक्षण गरेका गुण्डा समुहले लामामाथि आक्रमण गर्नुलाई लामाको परिवारले संयोग मात्र मानेको छैन ।

 तत्कालिन समयमा काभ्रेका अर्का गुण्डा दावा लामामाथि गुज्जेश्वरीमा गोली प्रहार गरेका पुन र बस्नेत समुहले लामालाई समेत धम्की दिएका थिए । दावालाई गोली प्रहार गरेकै दिन नचिनेको नम्बरबाट लोप्साङ बोलको भन्दै तेरो पनि पालो आउँदैछ भनेर धम्क्याएका थिए । लामामाथि गोली प्रहार गर्ने यो समुहको योजना डेढ बर्ष अघिदेखि कै हो । तर, स्थानीय चुनाव र प्रतिनिधी तथा प्रदेश सभाको चुनावको कारण लामा प्राय काभ्रेतिर व्यस्त हुन पुगे । जसको कारण यो समुहको योजना सफल हुन सकेन ।

 निर्माण व्यबसायी महासंघका अध्यक्ष शरद गौचनको हत्या पश्चात प्रहरी आक्रमक शैलीमा यो समुहको खोजिमा लागेपछि लामाको सफायाको योजना तुहिएको थियो । बस्नेत पक्राउ र पुन ईन्काउन्टरमा मारिनु तथा एक दर्जन सहयोगी पक्राउ परेपछि प्रहरीले पनि अन्यको खोजिमा खासै चासो देखाएको छैन । यहि मौका पारेर  बिगत एक महिनादेखि नियमित क्लवमा आउ जाउ गर्दै आएका लामा माथि गोली प्रहारी गरी हत्याको प्रयास भएको हो ।

 बस्नेतका खास सहयोगी लोप्पसाङ, रोशन बुढाथोकी, अंमर राना मगरलाई प्रहरीले पक्राउ गर्न खासै चासो नदेखाएको हो वा पक्राउ गर्न नसकेको हो ? जसले यस्तो प्रकरण निरन्तर आइरहेको छ । लोप्साङ बस्नेतको खास सहयोगी हुन् । बुढाथोकी समिरको दाईको साला हुन् । रानामगर सेनाका भगौंडा हुन् । जो समिरको लागि काम गर्दै आएका सुटर मानिन्छन् । जुन कुरा प्रहरीको अनुसन्धानले देखाएको छ । उनीहरूकै योजनामा लामाको ज्यान मार्ने प्रयास भएको अनुमान सहजै गर्न सकिन्छ ।

 तर, काठमाडौंका एसएसपी बिश्वराज पोखरेल गोली काण्डका वास्तविक खेलाडीको अनुसन्धान गर्न र समिरमानका सुटर पक्राउ गर्नतिर भन्दा पनि एकोहोरो गणेश लामालाई नै दोश देखाउन केन्द्रित छन । किनकी गणेश लामाको छबी सर्वसाधारण र मिडियामाझ कुख्यात गुण्डाको रुपमा कहलिएको छ र उनी पक्राउ पर्दा एसएसपीको नजरमा राम्रो कामको म्यासेज  गएको छ ।

 यता, गणेश लामालाई गोली प्रहार गरेको आधा घण्टा नबित्दै एक दर्जन ठेकदारलाई नचिनेको नम्बरबाट फोन गयो । फोन आउने क्रम आजसम्म जारी भएको ‘क’ बर्गका एक ठेकदारले बताएका छन् । नचिनेको नम्बरबाट आएको फोन भने प्रायः कसैले पनि उठाएका छैनन् । तर, एक ठेकदारले भने उठाएका थिए । फोनमा आफूलाई लोप्साङको भाई बताउँदै गणेश लामा भाग्यले बचेँको भन्दै ठेकदारलाई मुख छाडेर पैसा मागेका थिए । यसअघि पनि गौचन हत्या पश्चात सयौं व्यापारी र ठेकदारलाई लोप्साङको फोन आएको थियो । (जनप्रहारसँगको सहयोगमा )

प्रतिक्रिया

सम्बन्धित