बार्सिलोना क्वाटरफाइलनमा, मेस्सीले पुर्‍याए १०० गोल

काठमाडौं । चेल्सीलाई ३–० हराउँदै बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति सम्पन्न अन्तिम १६ को दोस्रो लेगमा विजयी भएर बार्सिलोनाले क्वाटरफाइनलमा स्थानमात्र बनाएन लियोनल मेस्सीले १ सय गोलको रेकर्ड पनि पूरा गरे ।

घरेलु मैदानमा बार्सिलोनालाई जिताउन मेस्सीले दुई गोल गरे । यस्तै डेम्बेलेले थप एक गोल गरे । पहिलो लेगमा १–१ को बराबरी खेलेको बार्सिलोना समग्रमा ४–१ ले विजयी बन्यो । नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले तेस्रो मिनेटमा नै मेस्सीको गोलबाट अग्रता लिएको थियो । खेलको २० औं मिनेटमा डेम्बेलेले गोल गरे । खेलको ६३ औं मिनेटमा मेस्सीले दोेस्रो गोल गरेपछि बार्सिलोनाले ३–० को जित निकाल्यो ।

यसअघि च्याम्पिन्स लिगमा एक सय गोल गरेको रेकर्ड रोनाल्डोको नाममा थियो । अब मेस्सीले पनि रोनाल्डोसँग बराबरी गरेका छन् । मेस्सीले १२३ खेलमा १०० गोल पूरा गरेका हुन् । रोनाल्डोले १४४ खेलबाट १०० गोल पुर्याएका थिए ।

प्रतिक्रिया

सम्बन्धित

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

रोल्पा दुर्घटना अपडेटः  झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको परिचय खुल्यो

रोल्पा दुर्घटना अपडेटः  झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको पर…

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्युजियम भ्रमण

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्…

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण

४५० तीर्थस्थल भ्रमण गरेका प्रदीप खनाललाई भारतमा अभिनन्दन

४५० तीर्थस्थल भ्रमण गरेका प्रदीप खनाललाई भारतमा अभिनन्दन