चौधरीलाई गोली हानेको आशंकामा विप्लवका ३ कार्यकर्ता पक्राउ

काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीलाई गोली हानेको आशंकामा प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका तीन जना कर्यकर्तालाई पक्राउ गरेको छ।

सोमबार राति सुख्खड क्षेत्रबाट विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तीन जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाइएको कैलाली प्रहरी प्रमुख एसपी विनोद घिमिरेले बताए । गत विहिबार बोक्सीको आरोपमा १८ वर्षिय राधा चौधरीमाथि लगातार ६ घण्टासम्म कुटपिट गर्ने भोले बाबा भन्ने झाँक्री रामबहादुर चौधरीलाई छुटाउन मिलापत्र गराएको भन्दै विप्लव माओवादीले मेयर चौधरीलाई जनकारबाही गर्ने धम्की दिएको थियो।

मंगलबार राति करिब सवा ८ चौधरीलाई अज्ञात समूहले घरभित्रै पसेर आक्रमण गरेको थियो। घाइते चौधरीको उपचार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित