देब्रे र दाहिने छुट्याउन नसक्ने नर्भिकका डाक्टर निलम्बित

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले देब्रेको सट्टा दाहिने घुँडाको शल्यक्रिया गर्ने नर्भिक इन्टरनेशनल हस्पिटलका दुइजना चिकित्सकलाई निलम्बन गरेको छ ।
नर्भिक अस्पताल थापाथलिमा कार्यरत डा. प्रवीण नेपाल र डा. शैलेज रञ्जितकारलाई एक महिनाको लागि चिकित्सकीय अभ्यास नगर्ने गरी निलम्बन गरिएको काउन्सिल स्रोतको दावी छ । देब्र घुँडाको समस्या लिएर क्रियाका लागि आएकी बिन्दु पौडेलको नर्भिकका चिकित्सकद्वयले दाहिने घुँडाको शल्यक्रिया गरेका थिए ।
चिप्लिएर खुट्टाको लिगामेन्ट च्यातिएका कारण अस्पताल भर्ना भएकी पौडललाई एमआरआई परीक्षणबाट देब्रे घुँडाको शल्यक्रिया गर्नु पर्ने देखिएकोले उपचारको लागि चितवनबाट नर्भिकमा ल्याइएको थियो । नर्भिकमा शल्यक्रियाको लागि बिरामीसँग लिने पूर्वसहमतिमा समेत देब्रे घुँडाको शल्यक्रिया गर्ने उल्लेख थियो ।
नर्भिकले यो प्रकरणमा बिरामी पक्षसँग भुलवस गल्ती भएको स्वीकार गर्दै सम्पूर्ण उपचार खर्च बेहोर्ने र भविष्यमा कुनै जटिलता देखिए त्यसको समेत उपचार गर्ने सहमति गरेको थियो ।
तर, डाक्टरद्धय नेपाल र रञ्जितकारले भने आफ््नो गल्ती ढाकछोप गर्न काउन्सिललाई नै गुमराहमा पारेको समाचार हामीले यस नै प्रकाशित गरिसकेका थियौं ।

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

रोल्पा दुर्घटना अपडेटः झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको पर…

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्…

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण
_VDJT83XlGe_b4zhppfe9van5welv4zxjmyy8kpmlhwixcdkhoj5bbzmuvpeo4fnzq8sbwcu_IsBKupcY51_noy2trvxrp5kreponjncxtm4omepfmqdbm3s1dyltdyfs5arxa6ysw1imxud.jpg)
प्रतिक्रिया