विद्याको ‘स्टारडम’ एमालेबाटै खत्तम !

काठमाडौं । शीतल निवासबाट एमालेभित्र गुटको राजनीति चलाउँदै आएकी विद्यादेवी भण्डारीको राष्ट्रपतिमा पुनः मनोनयनसँगै विभिन्न अड्कलबाजी सुरु भएका छन् । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओलीको जोडबलमा दोहोरिन पुगेकी भण्डारीलाई अर्को समूहले मतदान गर्छ वा गर्दैन भनेर आशंका पैदा भएको छ ।
राजपा नेपाल, संघीय समाजवादी फोरम नेपाल तथा स्वतन्त्र सांसदहरूको मत पनि वाम गठबन्धनकी उम्मेदवार भण्डारीलाई पर्ने निश्चित छ । यो हुँदा हुँदै भण्डारीले दुईतिहाइ मतले जित्ने पनि छिन् । तर, यो जित उनका लागि उत्साहको हुने छैन ।
भण्डारीको प्रस्तावकमा सांसद माधवकुमार नेपाल, भीमबहादुर रावल, सुवास नेम्वाङ, ईश्वर पोखरेल, ओनसरी घर्ती, रामबहादुर थापा, विष्णु पौडेल, गोकर्णराज विष्ट, भानुभक्त ढकाल र रवीन्द्र अधिकारी छन् । भण्डारीको पक्षमा एमालेकै उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र वरिष्ठ नेता झलनाथ खनाल समूहले मत नदिने हो कि भनेर विभिन्न अड्कलबाजी भएका छन् । शाक्य र खनालको मतले भण्डारी पराजित हुने छैनन् । तर, त्यो भोट उनका लागि मूल्यवान हुनेछ । यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ।
शाक्यलाई ३ नं. प्रदेशको मुख्यमन्त्री बन्न नदिन र हराउन शीतलनिवासबाट भण्डारीले शक्ति र पदको दुरुपयोग गरेकी थिइन् । यसबारेमा शाक्यले एमालेको स्थायी समितिको बैठकमा समेत राखेर भण्डारीको गतिविधि नियन्त्रण गर्न माग गरेकी थिइन् । अर्का नेता खनाललाई राष्ट्रपति हुने बाटो छेक्ने पनि उनै भण्डारी हुन् । अध्यक्ष एवम् प्रधानमन्त्री ओलीलाई दवावमा राखेर भण्डारीले राष्ट्रपतिमा दोहोरिन मौका पाएकी छिन् ।
मंगलबार राति बालुवाटारमा बसेको एमालेको स्थायी समितिको बैठक पनि भण्डारीका लागि खासै सुखद् छैन । निर्णय भण्डारीको पक्षमा भए पनि सन्देश उनको पक्षमा छैन । भण्डारी राष्ट्रपतिका लागि सर्वसम्मत हुन सकिनन् । यसकारण भण्डारीका आगामी दिन सहजपूर्ण छैन भन्ने रहेको एमालेका एकजना स्थायी समिति सदस्यले बताए । राष्ट्रपतिमा शाक्य र खनाल मात्रै होइनन् जनजाति नेता सुभाषचन्द्र नेम्वाङले पनि इच्छा देखाएका थिए ।
उपमहासचिव घनश्याम भुषालले भण्डारीलाई उम्मेदवार बनाउन नहुने धारणा राखेका थिए । उनले नोट अफ डिसेन्ट नै लेखेको बताइएको छ । सचिव योगेश भट्टराईले पनि महिला नै चाहिएको हो भने बरु अष्टलक्ष्मी शाक्यलाई नै बनाउन सुझाएका थिए । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल मौन बसेका थिए । विभिन्न विषयमा ओलीसँग असन्तुष्टि जनाए पनि खानलका पक्षमा खुलेनन् । नेता खनालले महाधिवेशनमा अध्यक्ष पदमा उठेका नेपाललाई सहयोग गर्ने बाचा दिएर अन्तिममा ओलीलाई साथ दिएका थिए । त्यस बेलाको बदला नेपालले अहिले आएर खनालसँग लिएका छन् । उपाध्यक्ष वामदेव गौतम पनि मौन नै बसेका छन् ।
स्थायी समितिको बैठकमा शाक्यको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘यसपटक संसदीय दलको नेताको निर्वाचनमा मलाई हराउन विद्याजी खुलेरै लाग्नु भयो । तपाईलाई विद्यादेवी भण्डारी नै प्यारो किन छ अध्यक्ष ज्यू ?’ तर, यसपटक अलिक बिचार गरेर मात्रै उम्मेदवार बनाउनु पर्छ भनेर शाक्यले चेतावनी दिएकी थिइन् । एक नेताको भनाई उदृत गर्दै स्रोतले भन्यो, ‘अध्यक्षज्यू, उहाँ (भण्डारी) ६० वर्ष हुँदा पनि, सक्रिय राजनीति आउन सक्नुहुन्छ, यो कुरा तपाईले सोच्नुभएको छ ?’ अन्तिम समयसम्म पनि भण्डारीलाई राष्ट्रपतिमा दोहो¥याउने निर्णयविरुद्ध ‘नोट अफ डिसेन्ट’ लेख्ने अडान शाक्यले राखेकी थिइन् ।

नयाँ वर्षमा नयाँ ऊर्जा, सङ्कल्प र सम्भावनाको खोजी गर्छाैं : प्रधानमन्त्री ओली
_D3BeYo1vqv_xftazfohlkw2qtglticbkq4blixiws0vslcm5yrwhz9yq1fxpkjn3k3qllnd_6qCdwqtpMj_o2xmqdvwlptwtekaxwm2fmhmh6jgr5tcdva6rexr6dbmn3cgrbmqnuo5kexc.jpeg)
विद्यालय शिक्षा विधेयक चाँडै आउँछ, शिक्षकहरु आन्दोलनमा बसिरहनुु पर्दैन : प्रधा…
%2520(12)_GrcNHLYZTm_19p5mzels5hm1aq0e4zpdtmrjifx1p6iwofeduvmkhizzisykxcvya7xk0su_rKieEegtxN_lkl3rziq2wdjz26cpdh0q4axfrcydmonpnjaxexsbvudx6tsgrmrsnpsnzbz.jpeg)
जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन सक्दैन : प्रधानमन्…

रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै
%2520(2)_2OHfomj8Nm_di0lapdnk5klowcdcmpswiheey4hoxopconeeadddcshdqsoyq5a3qudtmxb_ps3jRVMUyX_vs4v4ajpkmnnjbrf0201i34cv0bpitcknhxbqaschagwevs5q3cqpjdzbo7k.jpg)
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै,यस्तो छन् कार्यसूची
_bjuaMVIhlL_zjrxml5wl0xfa0xe6sirujwvychgrjvw8hroqsbmc763r19o68pex24onxde_QTazKL0SWb_e6inq5mdrrmaheyifndjsu8ormyojsnfi2ebyxohvebx8qgsxbhrwwb2t9cf.jpg)
विविधतायुक्त संस्कृतिलाई राष्ट्रिय एकतामा रुपान्तरित गर्न प्रधानन्त्रीको आग्रह
%2520(1)_eKYKJdfTnJ_ozb9nsxerlkfaibuw1kano3utsnlptbgyvdrsli7dyemg0zcypqmhji8t2ze_GfqiPy8vey_klmomm64eyfsuphczbiqkxxzf1je9gt229tcvdmsoinnoaameg0skla7iric.jpg)
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
_nACo5kMwBq_wc2d4b53xqqd76s9wyyffobzvhahq7c9kgsj39rxfku1b2k4hiocr5qk836r_a8iBsNADfS_uw447prcd1sspathqwytyyevzjeqqo6ipjsqjge1okvx5hufkwc6tkasfrgp.jpg)
प्रतिक्रिया