नेपालसामु ३८१ रनको बिशाल लक्ष्य प्रस्तुत

काठमाडौं । विश्वकप छनोटको पहिलो खेलमा जिम्बाब्वेले नेपाललाई ३८१ रनको लक्ष्य दिएको छ । सन् २००९ बाट सुरु भएको विश्वकप छनोटमा कुनै पनि टोलीले पाएको सबैभन्दा ठूलो लक्ष्य हो । २००९ मा यूएईले डेनमार्कविरुद्ध ३८९ रन बनाएको थियो । नेपालले केहीबेरमा ब्याटिङ गर्नेछ ।

क्विन्स स्पोर्टस क्लबमा टस जितेर पहिला ब्याटिङ गरिको घरेलु टोली जिम्बाव्बेले नेपाल सामु जितका लागि रनको बिशाल लक्ष्य प्रस्तुत गरेको हो। जिम्बाव्बेले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउदै ३८० रन बनाएको होे।

जिम्बाव्बेका लागि बिस्पोटक ब्याटिङ गर्ने क्रममा ब्रेन्डन टेलर र सिकन्दर राजाले सर्वाधिक रन बनाए। सिकन्दरले ६६ बलमा ७ चौंका र ९ छक्काको मद्दतमा १२३ रन र ब्रेन्डनले ९१ बलको सामना गरी ७ चौंका र १ छक्काको मद्दतमा १०० रन बनाए।

जिम्बाव्बेका लागि पहिलो विकेटका रूपमा जुवाओ ४१ रन बनाएर सन्दिप लामिछानेको बलमा एल बि डब्लु धरापमा पर्दै आउट भए। दोस्रो विकेटका रूपमा ह्यामिल्टन मस्कर्जा १७ बलमा बसन्त रेग्मीको बलमा आउट भए। तेस्रो विककेटका रुपमा सोलोमोन मिरे बसन्त रेग्मीकै बलमा ५१ रनमा क्याच आउट भए भने चौंथो विकेटको रूपमा ललित नारायण राजबंशीको बलमा क्रेइन इर्भिने ३४ रन बनाएर आउट भएका थिए। ललितले डेब्यू खेलमै विकेट लिएका हुँन्।

समूह ए र बीका शीर्ष तीन टोलीले सुपर सिक्समा स्थान बनाउनेछन्। सुपर सिक्सबाट शीर्ष दुईले २०१९ मा वेल्स र इङल्यान्डमा हुने विश्वकपपमा स्थान बनाउनेछन्।

प्रतिक्रिया

सम्बन्धित

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

रोल्पा दुर्घटना अपडेटः  झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको परिचय खुल्यो

रोल्पा दुर्घटना अपडेटः  झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको पर…

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्युजियम भ्रमण

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्…

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण

४५० तीर्थस्थल भ्रमण गरेका प्रदीप खनाललाई भारतमा अभिनन्दन

४५० तीर्थस्थल भ्रमण गरेका प्रदीप खनाललाई भारतमा अभिनन्दन