क्रिस गेलको कप्तानीमा खेल्दै सन्दीप

काठमाडौं । नेपाली युवा लेग स्पीनर सन्दीप लामिछाने फेरि अर्को लिगमा अनुबन्धित भएका छन्। बिहीबार राति लन्डनमा भएको क्यारेबियन प्रिमियर लिग (सिपिएल) को खेलाडी ड्राफ्ट (छनौट) मा सेन्ट किट्स एन्ड नेभिस टोलले सन्दीपलाई ५ लाख रुपैयाँमा किनेको हो।
इन्डियन प्रिमियर लिगमा छानिएको एक महिनापछि उनलाई सिपिएलमा स्थान मिलेको हो । आइपिएलमा छानिएको र नामिबियामा भएको आइसिसी डिभिजनमा म्यान अफ द सिरिज भएपछि उनी विश्व क्रिकेट जगतमा परेका हुन्। सिपिएलका छ टोलीमध्ये सन्दीप अनुबन्धित भएको टिमको कप्तानी क्रिस गेलले गर्नेछन्।
सो टोलीमा अष्ट्रेलियाका अलराउन्डर बेन कटिङ, कार्लोस ब्रेथवेट, वेस्ट इन्डिजका ओपनर एविन लेभिससहित बंगलादेश, जिम्बावेलगायतका देशका खेलाडी छन्। दक्षिण अफ्रिकाका देब्रे हाते चाइनाम्यान बलर टब्रेज साम्सी पनि सन्दीपकै टोली छन्।
प्लेइङ सेटमा पर्न सन्दीपले साम्सीसँग प्रतिष्पर्धा गर्नु पर्ने हुन्छ। सेन्ट किट्स एन्ड नेभिसले साम्सीलाई ६० लाख रुपैयाँ (६० हजार डलर) मा किनेको छ। दुबै जना रिस्ट स्पिनर भएको र एक जना दायाँ र अर्को बाँया हाता भएकाले टोलीले दुबै जनालाई पनि खेलाउन सक्छ।
टि–ट्वान्टी फर्म्याटको सिपिएलको यो छैठौं संस्करण हो। अगस्ट ८मा सुरु हुने प्रतियोगिता सेप्टेम्बर १६ मा सकिनेछ। खेलहरु फरक–फरक क्यारेबियन देशमा हुनेछन्। सिपिएलमा यो वर्ष खेलाडी किन्न एक करोड ६० लाख रुपैयाँ सीमा राखिएको थियो। त्यसमध्ये सेन्ट किट्स एन्ड नेभिसले १ करोड ६० लाख तिरेर गेललाई किनेको हो।
यही मूल्यमा किनिएका अन्य खेलाडीमा वेष्ट इन्डिजका लेन्डल सिमोन्स, आन्द्रे रसेल, डोयन ब्राभो, पाकिस्तानका सोहेल तनवीर र न्युजिल्यान्डका मार्टिन गप्टिल छन्।
सिपिएलमा समेत छनोट हुँदै इतिहास बनाएका १७ वर्षीय लामिछाने गत साता घोषणा गरिएको ३ सय ४८ खेलाडीको ड्राफ्टमा समावेश थिए। जसमा २ सय २७ विदेशी तथा इन्डिजका १ सय २१ जना थिए। यी मध्ये उत्कृष्ट हुँदै सन्दीप सिपिएलमा छनोट भएका हन्। योसँगै सन्दीपले सिपिएल र आइपिएलमा छनोट हुने पहिले नेपाली खेलाडीको इतिहास बनाएका छन्।
यसअघि सन्दीप गत महिना इन्डियन प्रिमियर लिग (आइपिएल) को अक्सन सूचीमा परेका थिए। उनलाई अक्सनमार्फत दिल्ली डेयरडेभिल्सले २० लाख भारुमा आबद्ध गरेको थियो।
लामिछानेसँगै टिममा क्रिस गेल, इभिन लेविस, कार्लोस वार्थवेट, मोहमदुल्लाह रियाद, तावरेज साम्सी , टम कुपर, सेल्डोन कोटरेल, ब्रान्डन किङ, डेभोन थोमस, ग्रिम क्रेमर, फाबियन एलेन, सन्दीप लामिछाने, सारमह ब्रुक, जेरेमी लुइस, अल्जारी जोसेफ, इब्राहिम खालिल, ग्लेन जाब्ली रहेका छन्

शीतल निवासमा धान रोपाइँ

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार बस्दै

कांग्रेसको निष्कर्ष- संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकार्षण

संसद बैठक १५ मिनेटका लागि स्थगित

रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला

प्रतिक्रिया