‘लाग्छ शुन्य आजकल’ सार्वजनिक( भिडियो सहित)

keki

काठमाडौं । अभिनेतृ केकी अधिकारी र नायक, गायक एन.जे. सागर शाहले मोडलिङ्ग गरेको म्युजिक भिडियो ‘लाग्छ शुन्य आजकल’ युटुव मार्फत सार्वजनिक गरिएकोे छ ।

 शिव गुरुङको स्वर रहेकोे ‘लाग्छ शून्य आजकल’ शीर्षकको आधुनिक गीतलाई युटुव मार्फत मंगलबार सार्वजनिक गरेको हो । भिडियो पोखरा र इलामको चियाबारीमा छायाङ्कन गरिएको छ ।
ऋषभ फिल्मस्को व्यानरमा निर्मित भिडियोमा महेन्द्र घिमिरे ‘विवश’को शब्द, एन.जे. सागर शाहको संगीत रहेको छ भने भिडियोका निर्देशक नेत्र गुरुङ हुन । म्युजिक भिडियोमा राजेन्द्र अधिकारी ‘अपुर्ण’, लक्ष गुरुङ, अस्मिता बराल, प्रविण पुन, अमित गुरुङ लगायतले अभिनय गरेका छन् ।

भिडियो हेर्नका लागि यो लिँकमा क्लिक गर्नुहोस् 

https://www.youtube.com/watch?time_continue=1&v=ftLrb7ciJAg

प्रतिक्रिया

सम्बन्धित