भारतीय नम्बर प्लेटका ओभरलोड गाडीहरु नियन्त्रणमा

 bharatiya

इटहरी । ट्राफिक प्रहरी कार्यालय इटहरीले भारतीय नम्बर प्लेटका ओभरलोड गाडीहरु नियन्त्रणमा लिएको छ । नेपालको कानुनलाई चुनौती दिंदै तोकिएको भन्दा धेरै सामान लोड गरी आएका ७ वटा भारतीय ट्रकहरु इटहरी ट्राफिकले बुधबार नियन्त्रणमा लिएको छ ।

 नेपालको नियम कानुनलाई चुनौती दिंदै सामान लोड गरी भारतीय ट्रकहरु भित्रने क्रम नरोकिएपछि नियन्त्रणमा लिएको इटहरी ट्राफिकका प्रमुख राजकुमार लम्सालले बताएका छन् । नेपाली व्यवसायीलाई धरासायी बनाउने गरी प्रहरीले भारतीय ओभरलोड गाडीलाई छुट दिंदैआएको गुनासो थियो ।

 भारतीय ओभरलोड ट्रक नियन्त्रणमा लिएकोमा नेपाली ढुवानी ब्यवसायी खुसी भएका छन् । इटहरी ट्राफिक प्रमुख लम्सालले कार्यभार सम्हालेपछि नै ओभरलोड भारतीय गाडी नियन्त्रणमा लिन सुरु गरेको प्रतिक्रिया दिए ।

 उनले भने–ओभरलोड गाडी नियन्त्रणमा लिने अभियानै संचालन गरेका छौं । नेपाली ढुवानी ब्यवसायीका ओभरलोड ट्रक नियन्त्रणमा लिए कारबाही गर्ने प्रहरीले भारतीय ट्रकलाई छुट दिने गरेको गुनासो यत्रतत्र सुनिदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित