देउवाको विकल्प खोज्दै शशांक

चितवन । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले संसदीय दलको नेतामा शेरबहादुर देउवाको विकल्प खोजिने बताएका छन् । एमाले र माओवादीबीच एकता हुनु खुसीको कुरा भएको बताउँदै कांग्रेसलाई जोगाउन पनि आफूहरुले राम्रो भूमिका निर्वाह गर्नुपर्ने बताए ।

आज चितवन पुगेका कोइरालाले भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै दलको नेतामा आफ्नो दाबी प्रस्तुत गरेका हुन् ।

पार्टीमा नेतृत्व परिवर्तनको आवश्यक भए पनि अहिले नै महाधिवेशन गर्न नसकिने बताउँदै उनले यतिबेला पार्टीलाई बलियो बनाउने अभियान चलाउनु पर्नेमा जोड दिए ।

Comments

Top