आइसिसी विश्व क्रिकेट लिग : नेपाललाई १९५ रनको लक्ष्य

काठमाडौं। आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाललाई क्यानडाले १९५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
नामिबिया भइरहेको खेलमा नेपाल सामु क्यानाडाले पुरै ओभरमा ८ विकेटको क्षतिमा १९४ रन बनायो । उसका लागि श्रीमन्त बाजिरिथ्योले शतक प्रहारे गरे । उनले १५२ बलमा १०३ रन बनाए ।
टस हारेर ब्याटिङको निम्तो पाएको क्यानडाले समान्य शुरूवात गरेको थियो । श्रीमान्थ र रुविन्दु गुनशेकराले पहिलो विकेटका लागि ४६ रनको साझेदारी गरे । तर, पावर प्ले सकिए लगतै बलिङमा आएका बसन्त रेग्मीले दोस्रो बलमा नै गुनशेकराको विकेट लिए । थप २१ रन जोड्दा क्यानडाले थप २ विकेट गुमायो ।
लगातार श्रीमान्थले पारी सम्हाले । उनले चौथो विकेटका लागि एनएस धालिवालसँग २३ र पाँचौं विकेटका लागि हमजा तारिकसँग ४१ रनको साझेदारी गरे । अरु ब्याट्सम्यानले ठूलो स्कोर बनाउन नसकेपनि श्रीमान्थ टिकिरहे । नवौं विकेटका लागि एसएस ढिन्सासँग अविजित ३३ रनको शाझेदारी गरेका उनले शतक पुरा गरे ।
नेपालका बसन्त रेग्मीले ३, सन्दिप लामिछानले २ विकेट र शरद भेषावकरले र करण केसीले एक–एक विकेट लिए ।
सन् २०१९ मा इङ्ल्याण्डमा हुने विश्वकप क्रिकेटको छनोट खेल खेल्नका लागि नेपाललाई आज क्यानाडामाथि जित निकाल्नै पर्ने दबाव छ । अब नेपालले शीर्ष दुईमा स्थान बनाउँदै वान डे वल्र्डकप क्वालिफायरमा स्थान बनाउन क्यानाडालाई हराउनै पर्नेछ । हराउन असफल भएमा नेपालको यात्रा डिभिजन टु मै यथावत् रहने सम्भावना बढी हुन्छ ।
अन्तिम चरणमा आइपुग्दा क्यानडा, नेपाल र नामिबियाले समान ६ अंकसहित शीर्ष स्थानमा रहँदै छनोटको सम्भावनालाई बलियो बनाएका छन् । यस्तै युएईले पनि छनोट हुने आशालाई जिवितै राखेको छ ।
नेपाल र क्यनडा तथा युएई र नामिबियाको विजेताले शीर्ष २ टिमको टुंगो लाग्नेछ । शीर्ष २ टिम एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका लागि छनोट हुनेछन् ।

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

रोल्पा दुर्घटना अपडेटः झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको पर…

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्…

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण
_VDJT83XlGe_b4zhppfe9van5welv4zxjmyy8kpmlhwixcdkhoj5bbzmuvpeo4fnzq8sbwcu_4U7d3bnKZ4_slktx5tphm2lhcaz76agrxbe55llyqqooejnqcnmpqg8npjebarlopsbyqle.jpg)
प्रतिक्रिया