आइसिसी विश्व क्रिकेट लिगमा नेपालद्वारा नामिबिया पराजित

काठमाडौं । आइसिसी विश्व क्रिकेट लिग डिभिजन –२ मा नेपालले नामिबियालाई पराजित गरेको छ । नामिबियाको विन्डहकस्थित एफिज पार्क मैदानमा भएको उद्घाटन खेलमा नेपालले उत्कृष्ट बलिङसहित नामिवियालाई ४ रनले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले नेपाललाई जीतका लागि १३९ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रेको नेपालले ४९ दशमलव २ ओभरमा ९ विकेट गुमाएर लक्ष्य भेट्टायो ।
नेपालको जीतमा शुरुआती ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले १५ रन जोड्दै बाहिरिए भने कप्तान पारस खड्का १९ रनमा समेटिए । नेपाली इनिङ्समा शरद् भेषवाकरले सर्वाधिक २९ रन जोडे जसमा उनले तीन चौका प्रहार गरेका थिए । दीपेन्द्र सिंह ऐरी ६ रनमा आउट भए भने करण केसीले तीन तथा रोहित पौडेलले १७ रन बनाए । सोमपाल कामीले १३ र वसन्त रेग्मीले २४ रन जोडे । नेपालका तर्फबाट रेग्मीले एक छक्का प्रहार गरे ।
त्यसअघि पहिले ब्याटिङ गरेको नामिबिया निर्धारित ५० ओभरको खेलमा ३४.२ ओभरमा सबै विकेट गुमाउँदै १३८ रनमा समेटिएको थियो । नामिबियाका लागि क्रेग विलियम्सले ४१ तथा जेन फ्रेलिङक र जाने ग्रिनले २२–२२ रन बनाए । बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले चार, कामीले तीन तथा भेषवाकर, खड्का र रेग्मीले एक–एक विकेट लिए । जवाफी ब्याटिङमा उत्रेको नेपालका दुई ब्याट्सम्यान शून्य रनमा आउट भए । शुरुआती ब्याट्सम्यान दिलीप नाथ र आरिफ शेख शून्य रनमै बाहिरिए ।
आजै भएको अर्को खेलमा क्यानडाले ओमनलाई पराजित गरेको थियो भने संयुक्त अरब इमिरेट्सले केन्यालाई पराजित गरेको थियो । नेपालले शुक्रबार आफ्नो दोस्रो खेल ओमनसँग खेल्नेछ । 2
%2520(21)_DiZgUNDWkk_xuffuqijy3rq7oyyqpbesoqyaqotbcbjg9oowqc9xhvfiwz7hm9fqho5ncxo_etJmGKbRiC_lk9fpbwzdn8j30mtv4m0ckltcxu8uyurumc1zvxppzzmukg6hb6ksczeelvw.jpg)
भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा
%2520(4)_6ozi5Od99l_2r3klr6n9pmffsakbxkcfxqiyv9qqbpxidxt0lsbkrvl9mqi6vko5q51xcrz_U9mBeGRYp5_h3dt68m2deiddtiqexu9jrouco5hdr4v2qoeu14gc1ldapr4amybpbalpvdf.jpg)
विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन
%2520(6)_k08jKNDx2j_nyjywp2xnocsyjtzr9zp0qzod81gwzhakhuxvoatw7zxq4ro4iqxzovi8j9g_DCvWlCWhuA_y3kkmfksrlwk2yrsvpyqclp0cbhhoyavgpiln2mtqhyxcufddm4xs9bx5g4n.jpeg)
बसन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य देखाइयो

विद्यालय योगाभ्यास पाठ्यक्रमले पायो पूर्णता,कार्यान्वयनमा भक्तपुर जिल्ला पहिलो हु…
_z7OZxDQAL9_prsecawvr9pctp7xojlxikstklubpehz3hsefqcmsnk0dkvojz18hevmqfva_f4tXiWFN61_g9st3fn8ysd1kwljimngf5c08zrjficymwhgihstxfc61y4qr37ovbqzj8cb.jpg)
प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त
%2520(29)_eYJTzKJBx4_ehtihlcuammadqotp8twz50kk2pms46yy8fsxm96nf5scbe4qttdeqnibchr_JuhR1WnsON_lc3kesi79awr3n6ofg7ri3tcpxaobdt6jkvk50elogk7eor1zeegmdnfjfng.jpg)
‘जाऔं है गुराँसपार्क’ अभियान शुभारम्भ (तस्बिरहरू)
%2520(28)_IuMTXqA9Lo_ob6ngk4auodlfthab8nbkga0jedeyyyzo9pojhg9sirykazugz9osb3d93w0_WHVWsjxsz1_oetwucxponuq6chwhwauvmkfeerzonoqz8lxz7qulgb5ovkqdbanwsaisard.jpg)
विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान
%2520(1)%2520(6)_B9KkEQgaHa_evzuevz3rsbns97igpq85emupze6mcyp5rktmd2g4c1uwdt4b1hjog6nk4xr_yOKWXI1ZV7_i464vecocvhzdqpl28zttggbi876cen7kge3oyuvcod5pitacs2lktioebeo.jpg)
प्रतिक्रिया