२० लाख भारूमा सन्दिपलाई दिल्ली डेयर डेभिल्समा आवद्ध

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो पटक नेपाली खेलाडी सन्दिप लामिछानेलाई दिल्ली डेयर डेभिल्सले भारू २० लाखमा खरिद गरेको छ। आईपिएलका लागि भएको खेलाडी अक्सन (बोलकबोल) मा ५ सय ७८ जनाको अक्सन सूचीमा रहेका सन्दीप २ सय ७८ नम्बरमा थिए। अक्सन सूचीमा ७० जना क्याप्ड खेलाडी थिए भने बाँकी अनक्याप्ड हुन्।
सन्दीप अनक्याप्ड क्याटागोरीमा थिए। आइपिएलको नयाँ नियम अनुसार अनक्याप्ड खेलाडीको रूपमा लामिछानेको मूल्य कम्तिमा २० लाख भारू (३२ लाख रुपैयाँ) थियो।
सन्दीपलाई आफ्नो क्लबबाट खेलाउन पाउँदा निकै खुसी लागेको पनि दिल्ली डेयर डेभिल्सले बताएको छ। उसले ट्वीटमा लेखेको छ–‘१७ वर्षीय लेग स्पिनर सन्दीपलाई स्वागत गर्न पाउँदा हामीलाई धेरै खुसी लागेको छ।’
आइपिएलका ८ टिमले आफ्नो टिममा बढीमा २५ र कम्तीमा १८ खेलाडी राख्नुपर्नेछ। जसमा बढीमा ८ जना विदेशी खेलाडी एक टिममा हुन सक्नेछन्। यसअघि सन्दीप पाकिस्तान सुपर लिग (पिएसएल( र बंगलादेशको घरेलु लिगको ड्राफ्टमा परे पनि अक्सनबाट टिममा छनोट हुन असफल भएका थिए।

तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान, बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

महिला टी–२० सिरिजमा आज नेपाल र हङकङ भिड्दै

भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

सहिद सप्ताहको अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न
_8irItyHrbH_libzc4utn4nf88x7sf9kr44v1tsm13viil7piorkjltwge9e70lx1ulwkozo_rW7zu2HUcM_mvovkmrzjvfnhluiuly9wg4b4ihrqk8p72yxvwropbvfo0aezfx47pxkcxlb.jpg)
एपीएफलाई हराउँदै चर्च ब्वाइज बागमती गोल्डकपको फाइनलमा
%2520(6)_aiDT5o6OuM_aifsmky2wsxdxc9hehgx1cjkkamfmjloatv7ixovyyhacificfssgmfvp1ha_4DNIvZzvbF_wkeiiumcspkkt0gbfvcfb3krnsvqg58c7tbb925nlqvcryjoo58duwymkoan.jpg)
जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि मन्थली नगरपालिकालाई
_E58vjO8T9x_m9gq708qecz8gjkv5tjtr3hpmomzbwbsdvn2lgogcbistbk8bj7te7lnxuxx_UWQLwhBCy5_7zkdvewqdglr6awbotobzb38vzvzzuuwo7pa7xpcrircdgseihylimj2uv5d.jpg)
शीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शन
_SzEU9Tztdf_zsksfe0riuctsvwumdz0jtdhla5qpklg3ln7rf60cepzeytzxjfbcqk5ziya_Zj6cZhpGZx_fwatk7rttot45kwydxrbmkncxzr6yrwtun8dgpesu2jh6ptkxiepa13ddjtx.jpg)
प्रतिक्रिया