उम्मेदवारीपछि कार्ड बनाएको खुलेपछि एमाले उम्मेदवारको उम्मेदवारी खारेज

काठमाडौं । राष्ट्रियसभा सदस्य उम्मेदवारको अन्तिम नामावली सोमबार प्रकाशन हुँदैछ । निर्वाचन आयोगका अनुसार माघ २४ गते हुने निर्वाचनका लागि उम्मेदवारहरुको नामावली सोमबार सार्वजनिक हुने भएको हो । आयोगले गत बुधबार राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन दर्ता गराएकामा उजुरी गर्न समय दिइएको समयपछि छानबिन पश्चात अन्तिम नामावली प्रकाशन गर्न लागिएको जनाएको छ ।
आयोगका अनुसार विभिन्न उजुरी परेका भए पनि १ जनाको मात्रै उम्मेदवारी खारेज हुने भएको छ । प्रदेश नम्बर ४ को अपांग तथा अल्पसंख्यक कोटामा उम्मेदवारी दिएका एमालेका रामबहादुर थापाको मात्र उम्मेदवारी खारेज भएको हो । थापाले पेश गरेको अपाङ्गताको प्रमाणपत्र उम्मेदवारी दर्तापछि मात्रै बनाएको भनी उजुरी परेको थियो । छानविन पश्चात आयोगले शनिबार थापाको उम्मेदवारी खारेज गरेको छ । थापाले २७ असार २०६२ मै अपाङ्गताको परीचयपत्र लिएका थिए । तर, नयाँ निर्देशिका अनुसार नयाँ परिचय पत्र बनाएका रहेनछन् ।
थापाले मनोनयनपत्र साथ पेश गरेको अपाङ्गताको परिचयपत्र अपाङ्ग परिचयपत्र वितरण निर्देशिका, २०५७ बमोजिम भएको तर त्यसलाई नेपाल सरकारले खारेज गरी अर्को निर्देशिका २०६५ मा जारी गरेको थियो ।
उम्मेदवार थापाले माघ १० गते उम्मेदवारी दर्ता गरेपछि माघ १२ गते नयाँ अपाङ्गताको प्रमाणपत्र बनाएर पेश गरेका थिए । पूर्वनिर्धारित कार्यतालिकाअनुसार, उम्मेदवारी दर्ता गराएकाहरुको अन्तिम नामावली प्रकाशन गर्न लागेको आयोगले उम्मेदवारी फिर्ताका लागि आइतबार दिउँसो १ देखि सोमबार दिउँसो २ बजेसम्मको समय दिएको छ । यो बीचमा इच्छुक उम्मेदवारले उम्मेदवारी फिर्ता सक्नेछन् । सोमबार नै उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुने आयोगले जनाएको छ ।

नयाँ वर्षमा नयाँ ऊर्जा, सङ्कल्प र सम्भावनाको खोजी गर्छाैं : प्रधानमन्त्री ओली
_D3BeYo1vqv_xftazfohlkw2qtglticbkq4blixiws0vslcm5yrwhz9yq1fxpkjn3k3qllnd_YH0iShpQL3_dr70v0eied5kmadlmfqfo43vnleenvjormpohqxbitns3no5wbkicmaowt0s.jpeg)
विद्यालय शिक्षा विधेयक चाँडै आउँछ, शिक्षकहरु आन्दोलनमा बसिरहनुु पर्दैन : प्रधा…
%2520(12)_GrcNHLYZTm_19p5mzels5hm1aq0e4zpdtmrjifx1p6iwofeduvmkhizzisykxcvya7xk0su_LMQsfE6Si9_ponbqygfvb8yttyyizxihb4kye8aiihnnmagikky6gegpqvkgattqnsvyiqf.jpeg)
जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन सक्दैन : प्रधानमन्…

रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै
%2520(2)_2OHfomj8Nm_di0lapdnk5klowcdcmpswiheey4hoxopconeeadddcshdqsoyq5a3qudtmxb_0TQbpPEK5N_d4safsq09wnnbzftehrcgu1xslohbmk7ril67jjsjdqxspdjn1u5ktetkbs5.jpg)
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै,यस्तो छन् कार्यसूची
_bjuaMVIhlL_zjrxml5wl0xfa0xe6sirujwvychgrjvw8hroqsbmc763r19o68pex24onxde_ZX7fYQdZlm_m1pkeidkgnpsga2kgh85iwore4ihgrakbm4gjmp9g3snk2pm9kklsaocgzuk.jpg)
विविधतायुक्त संस्कृतिलाई राष्ट्रिय एकतामा रुपान्तरित गर्न प्रधानन्त्रीको आग्रह
%2520(1)_eKYKJdfTnJ_ozb9nsxerlkfaibuw1kano3utsnlptbgyvdrsli7dyemg0zcypqmhji8t2ze_yyPSqlFVRu_vjwmk8pikbjykqtgtnix0fq8jbdin1biwb0jwqdfdx2cdbyawagabrketjix.jpg)
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
_nACo5kMwBq_wc2d4b53xqqd76s9wyyffobzvhahq7c9kgsj39rxfku1b2k4hiocr5qk836r_WvFLwjwGI9_xomnh7bcbbbteb5ji32epihvzkwfudhbsrmbvgaaoxc7mgwv6gtqxkzeb8vc.jpg)
प्रतिक्रिया