एमालेभित्र यसरी हुँदैछ ओलीको गुट छिन्न भिन्न

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीको झण्डै दुईसाता लामो बैंकक बसाइको राज अहिले आएर खुलासा भएको छ । भक्तपुरको बालकोटस्थित आलिशान निवासमा घाम तापेर समय बिताउँदै आएका ओलीले एका एक सरकार बनाउने गृहकार्य सुरु गरेका छन् । ओलीले सरकारको गृहकार्यका लागि सुवासचन्द्र नेम्वाङ, ईश्वर पोखरेल, प्रदीप ज्ञवालीसहितका नेताहरूलाई खटाएका छन् ।
स्रोतका अनुसार ओलीले आफू प्रधानमन्त्री रहेका बेला अर्थ र गृह मन्त्रालय एमालेले राख्ने गरेर छलफल अगाडि बढाउन नेताहरूलाई निर्देशन दिएका छन् । तर, ओलीलाई प्रधानमन्त्री, गृह र अर्थ एमाललाई दिन माओवादी केन्द्रले मान्दैन भन्नेमा जानकार छन् । समीकरण मिलाउँदा गृह मन्त्रालय माओवादीको पोल्टामा जान्छ भन्ने बुझेका छन् ।
ओलीले गृह र उपप्रधान मन्त्री पद संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पनि दिएका छन् ।
माओवादीले मानेन भने ओलीले उपेन्द्र यादवलाई सरकारमा लागेर भए पनि नयाँ सरकार बनाउनुपर्ने भनेर गृहकार्य गरेको स्रोतको भनाई छ । तर, ओलीलाई यो कठिन बाटोमा जाने आवश्यक्ता पर्ने छैन । ओलीले भित्रभित्रै मन्त्री र मन्त्रालय बनाउन गृहकार्य गरेका हुन् । स्रोतका अनुसार एमालेबाट ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, कृष्णगोपाल श्रेष्ठ, शान्ता चौधरीसहितका नेताहरू मन्त्री बन्ने सूचीमा परेका छन् ।
ओलीले माओवादीबाट वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, पम्फा भुसालसहितका नेताहरूलाई उचालेर मन्त्री बनाउने आश्वासन बाँडेको स्रोतको भनाई छ ।
हुन त ओलीले राजपा नेपालका राजेन्द्र महतो र महेन्द्र राय यादवलाई पनि मन्त्री बनाउने भनेर आश्वासन दिइसकेका छन् । त्यसका लागि राजपा नेपालले एमाले र ओलीको लाइनमा काम गर्नुपर्ने हुन्छ ।
बरु ओलीको बैंकक बसाइका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूतसँग भएको सहमति अनुसार संघीय फोरम र राजपा नेपाललाई पनि सरकारमा लैजाने भित्री तयारी भएको छ । भारतसँगको सम्बन्ध सुधारका लागि ओलीले दुईवटा मधेस केन्द्रित दलहरूलाई सरकारमा पठाइदिनुपर्ने अडान मोदी समक्ष राखेको स्रोतको भनाई छ ।
संघीय फोरम र राजपा नेपाललाई सरकारमा जान सहज होस् भनेर मोदीले केही दिन अगाडि ओलीलाई फोन गरेर भावी प्रधानमन्त्रीका रुपमा बधाइ दिए । त्यति मात्रै होइन मोदीले ओलीलाई प्रधानमन्त्रीका रुपमा भ्रमणको निम्तो समेत दिएका छन् । मोदीले अचानक आएर ओलीलाई बधाइ दिनुको कारण सबैले अड्कल गर्न थालेका छन् ।
जे होस् ओलीले ढिलै भएपनि भारतसँगको आफ्नो बिग्रिएको सम्बन्ध सुधार गरेका छन् । यो सम्बन्धलाई ओलीले सरकारमार्फत अझ सुमधुर बनाउने इच्छा देखाएको स्रोतको भनाई छ । भारत पनि तत्काल ओलीलाई प्रधानमन्त्री बन्न रोक्ने पक्षमा देखिएको छैन ।
बरु ओलीलाई फकाएर सरकार बनाउन दिएर केही महिनापछि आफू अनुकूलका निर्णय र काम हुन नसकेमा बाम गठबन्धनलाई झट्का दिने पक्षमा रहेको स्रोतको दाबी छ ।
ओलीले आफूलाई बलियो अवस्थामा राख्न भारतलाई मिलाए पनि आफ्नै पार्टीभित्र भने समस्या भोग्नुनर्पे अवस्था आएको छ । बामदेव गौतम र ईश्वर पोखरेलबीच बोली बाराबारको अवस्था आएपछि ओली संकटमा परेका हुन् । ओलीको आफ्नै व्यवहारले गर्दा संस्थापन पक्षको गुट छिन्नभिन्न हुने अवस्थामा रहेको स्रोतको भनाई छ ।
यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ

नयाँ वर्षमा नयाँ ऊर्जा, सङ्कल्प र सम्भावनाको खोजी गर्छाैं : प्रधानमन्त्री ओली
_D3BeYo1vqv_xftazfohlkw2qtglticbkq4blixiws0vslcm5yrwhz9yq1fxpkjn3k3qllnd_DwNgPpgMWc_ed2kbgqo9imvixbykab7g1bqrfydu95whbt73u1kqbdlaqclyj32qqivuztn.jpeg)
विद्यालय शिक्षा विधेयक चाँडै आउँछ, शिक्षकहरु आन्दोलनमा बसिरहनुु पर्दैन : प्रधा…
%2520(12)_GrcNHLYZTm_19p5mzels5hm1aq0e4zpdtmrjifx1p6iwofeduvmkhizzisykxcvya7xk0su_3euVbxADKk_ikjmqxmty7jgw7hizmhw8yspspmaqfmqgtdw8kr3i70gmrbmqcatlq0thyvw.jpeg)
जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन सक्दैन : प्रधानमन्…

रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै
%2520(2)_2OHfomj8Nm_di0lapdnk5klowcdcmpswiheey4hoxopconeeadddcshdqsoyq5a3qudtmxb_XGEKmFGQ0J_hwnmv2sok9ja2bcbxdr6rngclamczjcx6cwssceu0jdf4lsrjv7c9moudbkt.jpg)
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै,यस्तो छन् कार्यसूची
_bjuaMVIhlL_zjrxml5wl0xfa0xe6sirujwvychgrjvw8hroqsbmc763r19o68pex24onxde_riDsAtVMjS_koqzizeznncu8ayjwf0fddk1vb2k4eh8x2by4szciodyyaytcjm6kaixoa9c.jpg)
विविधतायुक्त संस्कृतिलाई राष्ट्रिय एकतामा रुपान्तरित गर्न प्रधानन्त्रीको आग्रह
%2520(1)_eKYKJdfTnJ_ozb9nsxerlkfaibuw1kano3utsnlptbgyvdrsli7dyemg0zcypqmhji8t2ze_TFc8ASobVf_xbhmhijvhdme1pkhqbdlnqjf0rh9yawuobkxyu1bmbyjph2tfdh1opjlpued.jpg)
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
_nACo5kMwBq_wc2d4b53xqqd76s9wyyffobzvhahq7c9kgsj39rxfku1b2k4hiocr5qk836r_c5W7kcvBxm_etibry7jdyydkdaejdggo9xul8txtalcwx98jumiulchokx97tl1l3kzxxyv.jpg)
प्रतिक्रिया