पशुपतिको कार्यालय कब्जा गर्ने थापाको योजना

कानूनसम्मत रुपमा चाबहिलस्थित दुई रोपनी जग्गा र साढे दुई तले भवन राप्रपाको नाममा छ । राप्रपाको अध्यक्ष थापा भए पनि यो विवाद राजनीतिक रहेकाले सोही रुपमा समाधान गर्नुपर्ने राप्रपा (प्रजातान्त्रिक)को भनाइ छ । उपप्रधान एवम् उर्जा मन्त्री समेत रहेका अध्यक्ष थापाले राप्रपा (प्रजातान्त्रिक) सँग परामर्श नै नगरी किन एकाएक पार्टी कार्यालयको भवन र जग्गा कब्जा गर्ने योजना बनाएका हुन् केही बताइएको छैन ।
थापाको दल राप्रपा प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा नराम्रोसँग पराजित भएको छ । त्यति मात्रै होइन थापाको दल र राप्रपा (प्रजातान्त्रिक) ले राष्ट्रिय पार्टी बन्न आवश्यक पर्ने कुनै पनि मत ल्याउन सकेनन् ।
चाबहिलको दुई रोपनी जग्गा र भवन पशुपति शम्शेर राणाले पार्टीलाई दिएका हुन् । अहिले सो पार्टी कार्यालयमा राणा नेतृत्वकै राप्रपा (प्रजातान्त्रिक) बस्दै आएको छ । यो जान्दाजान्दै अध्यक्ष थापाले मालपोत कार्यालयलाई महामन्त्री जयन्त चन्दमार्फत पत्र पठाएर कागजपत्र हराएको बहाना गरेर कागजपत्र माग गर्नुलाई आश्चर्यका रुपमा हेरिएको छ । थापा नेतृत्वको राप्रपा सुकेधारामा रहेको कार्यालयमा बस्दै आएको छ ।
चाबहिलको दुई रोपनी जग्गाको सरकारी मूल्य नौ करोड रहेको छ । चलनचल्तीमा सो जग्गाको मूल्य २० करोड रहेको राप्रपा (प्रजातान्त्रिक)का एक नेताले बताए । राप्रपाका महामन्त्री चन्दले हस्ताक्षर गरेको पत्र मालपोतको चाबहिल शाखामा दुई दिन अगाडि पुगिसकेको छ । सो पत्रमा चाबहिलको पार्टी कार्यालय रहेको जग्गा र भवनको कागजपत्र हराएकाले प्रतिलिपि पाउँ भन्ने व्यहोरा रहेको स्रोतले जनाएको छ ।
निर्वाचनमा खर्च भएको रकम सोही जग्गा बिक्री गरेर अध्यक्ष थापाले उठाउने योजना बनाएको आरोप उनकै पार्टीका नेताहरूको छ । थापाले एकाएक राजनीतिक विवादको सो जग्गामाथि आँखा लगाएका हुन् रहस्यको विषय बनेको छ ।
महामन्त्री चन्दले मालपोतमा पत्र पठाउनु अगाडि अध्यक्ष थापाले कानून व्यवसायीहरूसँग दुई दिनसम्म छलफल गरेको स्रोतको भनाई छ ।
अध्यक्ष थापाले दुई रोपनी जग्गा र साढे दुई तलाको भवन कब्जा गर्ने नीति अख्तियारी गरेपछि राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष राणाले पार्टीका शीर्ष नेता र कानून व्यवसायीहरूसँग मंगलबार र बुधबार दुईदिनसम्म लगातार परामर्श गरेका छन् ।
कानून व्यवसायीहरूले जग्गा र भवन दुबै राप्रपाको नाममा रहेकाले राप्रपा (प्रजातान्त्रिक)को पक्षमा हुन नसक्ने कानूनी प्रावधान सुनाएका छन् । तर, कानून व्यवसायीहरूले जग्गा र भवन व्यक्तिगत सम्पत्तिभन्दा पनि राजनीतिक विषय भएकाले यसलाई राजनीतिक र सम्वादका मार्फतबाट टुँगो लगाउनुपर्ने सुझाव दिएका छन् । तर, राप्रपा अध्यक्ष थापा अहिले आफू उपप्रधान एवम् उर्जा मन्त्री रहेकै बेला दुई रोपनी जग्गा र भवन हड्ने योजनाका साथ सक्रिय भइरहेका छन् ।यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

रोल्पा दुर्घटना अपडेटः झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको पर…

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्…

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण
_VDJT83XlGe_b4zhppfe9van5welv4zxjmyy8kpmlhwixcdkhoj5bbzmuvpeo4fnzq8sbwcu_o4T9cmV4xB_dbeztwu4kyizysulf5wy7mbkrwcjltnsvwevcbq7j5gaimxeofadgzpqn92l.jpg)
प्रतिक्रिया