कांग्रेस बैठकमा दउवाको चर्को आलोचना

काठमाडौं । निर्वाचनपछि पहिलोपल्ट बिहीबार बसेकोे कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको कडा आलोचना भएको छ । बैठकको सुरुमै देउवाले राष्ट्रियसभा निर्वाचनको सन्दर्भमा सल्लाह मागे पनि केन्द्रीय सदस्यहरूले निर्वाचनमा पराजयको मुद्दालाई प्राथमिकतामा राख्दै बोलेका थिए । बिहीबार साँझसम्म २८ केन्द्रीय सदस्यले धारणा राखेका छन् ।
सभापति देउवाले आफ्नो लिखित मन्तव्यमा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पार्टीका सबै तह र मतदातालाई धन्यवाद दिँदै आसन्न राष्ट्रियसभा निर्वाचनमा कसरी जाने भन्नेमा केन्द्रीय सदस्यहरूको राय मागेका थिए । निर्वाचनमा पार्टी पराजयको विषयमा भने गम्भीर समीक्षा गर्नुपर्ने भन्दै उनले अर्को बैठक बोलाउने बताए ।
तर, केन्द्रीय सदस्यहरूले यही बैठकमा छलफल गर्न जिकिर गरेका छन् । ‘सभापति देउवाले निर्वाचनमा पार्टीले बेहोरेको हारको सन्दर्भमा राष्ट्रियसभा निर्वाचनपछि अर्को बैठक डाकेर छलफल गर्ने बताउनुभएको छ’, प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘निर्वाचन समीक्षा गम्भीर ढंगले गर्नुपर्ने उहाँको भनाइ छ ।’निर्वाचनमा पार्टी पराजयको गम्भीर समीक्षा गर्नुपर्ने भएकाले अर्को बैठक बोलाउने सभापतिको आश्वासन । देउवालगत्तै बोल्न थालेका केन्द्रीय सदस्यहरूले राष्ट्रियसभा निर्वाचनभन्दा पनि पार्टीमा नेतृत्व र त्यसको केही नजिक मानिसहरू हाबी भएको भन्दै पार्टी नेतृत्वलाई सच्चिन आग्रह गरे । केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, कल्याण गुरुङ, नवीन्द्रराज जोशी, प्रदीप पौडेल, चन्द्र भण्डारीलगायतले नेतृत्वको कडा आलोचना गरे ।
अधिकांश नेताले देउवाको आलोचनामै समय खर्चिए । उनीहरूले विधानविपरीत गठन गरिएको कार्यसम्पादन समिति र संसदीय बोर्ड विघटन गर्न माग गरे भने विधानअनुसार नयाँ समितिहरू चाँडै गठन गर्न सुझाएका थिए ।
हालै सम्पन्न तीनै तहको निर्वाचनमा कांग्रेसले बेहोरेको हारको जिम्मा नेतृत्वले लिनुपर्ने भन्दै केन्द्रीय सदस्यले चाँडै केन्द्रीय कार्यसमिति र महासमिति बैठक डाक्न माग गरे । प्रदीप पौडैल, अर्जुननरसिंह केसी, नवीन्द्रराज जोशीलगायत नेताले सभापति देउवाले पार्टीमा विधानविपरीत काम गरेकै कारण निर्वाचनमा कमजोर देखिएको आरोप लगाए । ‘सभापतिमा निर्वाचित भएयता सबै काम सानो गुटबाट सञ्चालन भइरहेको छ, त्यसलाई सुधार्न आग्रह गरेका छौं’, पौडेलले भने ।
अर्का नेता अर्जुननरसिंह केसीले पार्टीमा नीतिगत, संरचनागतदेखि नेतृत्व तहमा व्यापक सुधारको खाँचो औंल्याएको बताए ।
निर्वाचनमा पार्टीले हार बेहोरेसँगै युवासहित केही शीर्ष नेताले पार्टीमा व्यापक परिर्वतन हुनुपर्ने खाँचो औंल्याउदै आएका छन् । बिहीबारको बैठकमा भने सभापति देउवा स्वयंले पार्टीको विधान संशोधन आवश्यक रहेको बताए । बैठकमा सहभागी नेताहरूका अनुसार देउवाले फागुनसम्ममा नयाँ सरकार आइसकेपछि पार्टीभित्र उठेका सबै कुरालाई सम्बोधन गर्ने वाचा केन्द्रीय सदस्यलाई दिएका थिए ।
राष्ट्रियसभा निर्वाचनमा स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभामा उम्मेदवार भइसकेकालाई नदोहो¥याउनसमेत केन्द्रीय सदस्यहरूले सभापति देउवालाई सचेत गराएको केन्द्रीय सदस्य गुरुङले बताए । राष्ट्रियसभा निर्वाचनमा अहिलेसम्म उम्मेदवार नभएका केन्द्रीय सदस्यलाई पहिलो, जिल्ला सभापतिलाई दोस्रो र कांग्रेसका लागि संघर्ष गरेका पुराना अनुहारलाई तेस्रो प्राथमिकतामा राख्न केन्द्रीय सदस्यहरूले सुझाएका थिए ।
कांग्रेस नेतृत्वकै वर्तमान सरकारले बुधबार तोकेको प्रदेशको अस्थायी मुकाम र प्रदेश प्रमुखको बारेमा समेत केन्द्रीय सदस्यहरूले आपत्ति जनाएका थिए । केन्द्रीय सदस्य दीपक गिरी प्रदेश मुकाम तोक्ने निर्णयको विरोध गर्दै बैठकबाट बाहिरिएका थिए । ‘आफ्नै पार्टीको नेतृत्वमा रहेको सरकारले स्थानीय पार्टी कमिटीको भावनालाई सम्मान नगरेकाले बैठक बहिष्कार गरेको हुँ’, उनले भने । अन्नपूर्णमा खबर छ

नयाँ वर्षमा नयाँ ऊर्जा, सङ्कल्प र सम्भावनाको खोजी गर्छाैं : प्रधानमन्त्री ओली
_D3BeYo1vqv_xftazfohlkw2qtglticbkq4blixiws0vslcm5yrwhz9yq1fxpkjn3k3qllnd_wgbhkz5rzi_jb3mlvf9pt1w53m5tooghijbvpeqax2hbi3gkmsennjcojyskiavloeoxuss.jpeg)
विद्यालय शिक्षा विधेयक चाँडै आउँछ, शिक्षकहरु आन्दोलनमा बसिरहनुु पर्दैन : प्रधा…
%2520(12)_GrcNHLYZTm_19p5mzels5hm1aq0e4zpdtmrjifx1p6iwofeduvmkhizzisykxcvya7xk0su_I7rg8Ck9oZ_d5qla80jueozjao8zqe1ivcyqtwgo41hozykujndeqfdtrrhitfje2ilkcus.jpeg)
जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन सक्दैन : प्रधानमन्…

रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै
%2520(2)_2OHfomj8Nm_di0lapdnk5klowcdcmpswiheey4hoxopconeeadddcshdqsoyq5a3qudtmxb_BOXS9fuN7w_qf8izsctkmcudrbja1utzo6ahshurjv1zkr8thv8uxhyd04zzieogltyqmt2.jpg)
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै,यस्तो छन् कार्यसूची
_bjuaMVIhlL_zjrxml5wl0xfa0xe6sirujwvychgrjvw8hroqsbmc763r19o68pex24onxde_nOHx52BURI_lpwoezr9fjqvlxkrkb81hq1gth6ru4xrcg4kfagebztecone9inspr0bqcol.jpg)
विविधतायुक्त संस्कृतिलाई राष्ट्रिय एकतामा रुपान्तरित गर्न प्रधानन्त्रीको आग्रह
%2520(1)_eKYKJdfTnJ_ozb9nsxerlkfaibuw1kano3utsnlptbgyvdrsli7dyemg0zcypqmhji8t2ze_U4Jcnn1wuw_rm8oudhtymof6wqdgxav6slnnvqw6hfj46dulyftaknkpbz2jkotsa4qqoyd.jpg)
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
_nACo5kMwBq_wc2d4b53xqqd76s9wyyffobzvhahq7c9kgsj39rxfku1b2k4hiocr5qk836r_P03kWns5fQ_dwaq1rvoioy0j7kfp3iswqxieizitvoaqxemblpfjiak7dpwtieiqppz6pc5.jpg)
प्रतिक्रिया