देउवा र पौडलको गुटविरुद्ध कोइराला परिवार

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पराजय भोगेकोमा नेताहरूभन्दा कार्यकर्ताहरू चिन्तित छन् । कार्यकर्ताहरूले शीर्ष नेताहरूका कारण कांग्रेसले पराजय भोग्नु परेको आरोप लगाउँदै आएका छन् । यस्तो अवस्थामा सभापति शेरबहादुर देउवालाई अप्ठेरो बनाउने गरेर वरिष्ठ नेता रामचन्द्र पौडेलले विभिन्न गतिविधि गरिरहेका छन् । पौडेलले आफू निकटका सबै नेताहरूलाई प्रयोग गरेर देउवाको आलोचना गर्न लगाइ रहेका छन् । पौडेलले पछिल्लो पटक नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीलाई प्रयोग गरेका छन् । शाहीले नौ जना महाधिवेशन प्रतिनिधिहरूलाई जम्मा गरेर संयुक्त विज्ञप्ति जारी गर्नसम्म भ्याएका छन् ।
त्यति मात्रै होइन पौडेलले सभापति देउवालाई पदबाट राजीनामा गराउनका लागि पनि आफू निकटका गुटका नेताहरूलाई उचालिरहेका छन् । पौडेलको गुटमा रहेका युवा नेता प्रदीप पौडेल पनि जानेर होस् वा नजानेर परिचालन भएका छन् । भविष्य भएका युवा नेता पौडेल कांग्रेसका सभापति देउवाविरुद्धको भइरहेका गतिविधिले धेरै संकट निम्ताउन सक्ने विश्लेषण हुन थालेको छ ।
कांग्रेस कमजोर भएको यस्तो अवस्थामा प्रकाशमान सिंहले पनि गुटको राजनीति सुरु गरेका छन् । सिंहले आफ्नो गुटमा चन्द्र भण्डारीलाई प्रवेश निषेध गरेका छन् । सिंहले रामचन्द्र पौडेललाई सहयोग गरेका छन् । पौडेललाई सहयोग गरे पनि सिंहले आफ्नै छुट्टै गुट चलाएका छन् ।
अर्का युवा नेता गगन थापाले पनि अलग गुट चलाउने प्रयास थालेका छन् । तर, गगनलाई कसैले विश्वास गरेका छैनन् । थापा समूहको काम भनेको देउवा, पौडेल, कोइराला र सिंह समूहका नेताहरूको विरोध गर्नु रहेको छ । थापाले विश्वप्रकाश शर्मालाई प्रवक्ता नियुक्त गरेको फिटिक्कै रुचाएका छैनन् । थापाले भित्रभित्रै शर्माको विरोध गर्न लगाइ रहेका छन् । कांग्रेसको प्रवक्ता ताकेका थापा देउवाले नपत्याएपछि चिन्तित हुन पुगेका छन् ।
भण्डारीले पनि देउवा क्याम्प छाडेर अलग गुट चलाइ रहेका छन् । तर, भण्डारीलाई कसैले नपत्याएपछि एक्लिएको स्रोतको भनाइ छ । देउवा, पौडेल र सिंह समूहले भण्डारीलाई गुटमा प्रवेश निषेध गरेका छन् । अहिले सडकमा पुगेका भण्डारीले पौडेल समूहबाट अगाडि बढ्ने सोच बनाएको स्रोतको भनाई छ ।
उता, कांग्रेसलाई गुटैगुट बनाएर कमजोर बनाएको चाल पाएपछि महामन्त्री डा.शशांक कोइराला, डा.शेखर कोइराला र सुजाता कोइरालाले अलग बैठक गरेका छन् । उनीहरूले कांग्रेसलाई बचाउन कुनै पनि गुटमा नलागेर कार्यकर्ताका पक्षमा जाने सहमति गरेका छन् । सुजाताको मण्डिखाटारस्थित निवासमा दिउँसोको खानासहित भएको बैठकमा उनीहरूले देउवा र पौडेल समूहको गुटको राजनीतिलाई अन्त्य गर्ने निर्णय गरेका छन् । त्यसका लागि उनीहरूले विशेष भूमिका खेल्ने जनाएका छन् ।यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ
%2520(21)_DiZgUNDWkk_xuffuqijy3rq7oyyqpbesoqyaqotbcbjg9oowqc9xhvfiwz7hm9fqho5ncxo_x7Ybud6hMg_2fzm2fef0k8av1cmcz98hxqa5zatqo65dsfuulcxuocrgwysz2ug9ckunwhb.jpg)
भिसामा ठगिए, सपना चुँडिए तब मात्र सारंगी समातें : हेमन्त कान्छा
%2520(4)_6ozi5Od99l_2r3klr6n9pmffsakbxkcfxqiyv9qqbpxidxt0lsbkrvl9mqi6vko5q51xcrz_6so3tsgK5A_kmbcxna6hofyccs0icwjterwabj0xj9knmkkzyqffqlxi8fdivkaxdhoksjr.jpg)
विश्वमै पहिलो पटक रोबोट हाफ–म्याराथन
%2520(6)_k08jKNDx2j_nyjywp2xnocsyjtzr9zp0qzod81gwzhakhuxvoatw7zxq4ro4iqxzovi8j9g_fldspI2SGF_vtpgc33zdlhb0pwldihnzned7ide7hw9sgy6alv58oujbtvoyjqeq86waa62.jpeg)
बसन्तपुर शिवपार्वती डवलीमा परम्परागत चर्या नृत्य देखाइयो

विद्यालय योगाभ्यास पाठ्यक्रमले पायो पूर्णता,कार्यान्वयनमा भक्तपुर जिल्ला पहिलो हु…
_z7OZxDQAL9_prsecawvr9pctp7xojlxikstklubpehz3hsefqcmsnk0dkvojz18hevmqfva_q13S7VjmtF_tynlswuufbhuvikrysxfm3tnemueydtwq0j8dbicdkfytyclfkpjtugjfgrb.jpg)
प्रमुख निर्वाचन आयुक्त थपलिया आजबाट निवृत्त
%2520(29)_eYJTzKJBx4_ehtihlcuammadqotp8twz50kk2pms46yy8fsxm96nf5scbe4qttdeqnibchr_nBZ25fgB6f_llj1bwvozhmmmyfxlikbnjuqkopa9ifunlqerfo4mek0hdk3m1rdqyrfbzn5.jpg)
‘जाऔं है गुराँसपार्क’ अभियान शुभारम्भ (तस्बिरहरू)
%2520(28)_IuMTXqA9Lo_ob6ngk4auodlfthab8nbkga0jedeyyyzo9pojhg9sirykazugz9osb3d93w0_FaaIOIbhKl_nqyhxlhbonvyrj5gxqxyhind4xtgzzb2gcefqiu9j1dcquiktwekk5vnkhox.jpg)
विद्यालय शिक्षा विधेयक पारित गर्न संघीय संसद बैठकको आह्वान
%2520(1)%2520(6)_B9KkEQgaHa_evzuevz3rsbns97igpq85emupze6mcyp5rktmd2g4c1uwdt4b1hjog6nk4xr_5UWpah663s_lvshpy8yffhrzqgme5jay747hbrm76ygpzpbi5ujuapbzozgovhdjms2hida.jpg)
प्रतिक्रिया