आज प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने सरकारको तयारी

काठमाडौं । सरकारले आज सातवटै प्रदेशमा प्रदेश प्रमुख नियुक्त गर्ने अन्तिम तयारी गरेको छ। मंगलबार दिउँसो बस्ने मन्त्रिपरिषद् बैठकले राजनीतिक संलग्नता नभएका, पूर्वन्यायाधीश, पूर्वप्रशासक, सामाजिक प्रतिष्ठा भएका व्यक्तिहरूलाई प्रदेश प्रमुख नियुक्त गर्ने सम्भावना छ।
सातवटै प्रदेशका प्रमुख तोक्ने तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार एमाले र माओवादीका नेताहरुसँग छलफल गर्दैछन् । छलफलपछि दिउँसो बस्ने मन्त्रिपरिषद बैठकले सातवटै प्रदेशका प्रमुख र प्रदेशका अस्थायी राजधानी तोक्न सक्ने सम्भावना छ ।
एमाले र माओवादीका शीर्ष नेताहरुलाई छलफलका लागि बिहान ९ बजे बालुवाटारमा बोलाइएको छ । देउवाले आजै पार्टीका शीर्ष नेताहरुसँग पनि परामर्श गर्दैै छन् ।
प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार प्रदेश प्रमुख र प्रदेशको अस्थायी कार्यालय तोक्ने सबै तयारी पूरा भएको छ ।
सरकारले प्रदेश प्रमुख नतोकिँदा निर्वाचन आयोगले प्रदेशसभातर्फको समानुपातिक तर्फको निर्वाचन परिणाम बुझाउन पाएको छैन भने यसकै कारण राष्ट्रियसभा निर्वाचनमा पनि ढिलाइ भइरहेको छ ।

स्टडी स्कुलका विद्यार्थीहरूले अवलोकन गरे चन्द्रागिरी थ्री डी म्युजियम

रोल्पा दुर्घटना अपडेटः झोलुङ्गे पुल निर्माणका क्रममा ज्यान गुमाउने ५ जनाको पर…

विनायक शिक्षा निकेतन स्कुलका विद्यार्थीहरुले गरे भत्तपुरमा रहेको थ्रि डी आर्ट म्…

पाँचपोखरी मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरु भत्तपुरको थ्रि डी आर्ट म्युजियममा

रविको पक्षमा आन्दोलित रास्वपा नेताहरूविरुद्ध मुद्दा चल्ने

पर्यावरण संरक्षणका लागि ग्रीनसिफ्ट अभियान महत्वपूर्ण छः इयू राजदुत लोरेन्जो

क्रिएसनद्धारा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरुलाई प्रशिक्षण
_VDJT83XlGe_b4zhppfe9van5welv4zxjmyy8kpmlhwixcdkhoj5bbzmuvpeo4fnzq8sbwcu_o4T9cmV4xB_dbeztwu4kyizysulf5wy7mbkrwcjltnsvwevcbq7j5gaimxeofadgzpqn92l.jpg)
प्रतिक्रिया