राष्ट्रिय एकता बलिायो बनाउन जातजाती, भाषा र संस्कृतिको संरक्षण आवश्यक : डा. कोइराला

नवलपरासी । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले हरेक जातजाती, भाषा र संस्कृतिको संरक्षणले मात्रै राष्ट्रिय एकता र सामाजिक सद्भाव बलियो बन्ने हुँदा त्यसको संरक्षण र प्रवद्र्धन गर्न आवश्यक रहेको बताएका छन् ।

थारु जातीको माघी पर्वका अवसरमा नवलपरासीको देवचुली (बर्दघाट सुस्ता पूर्व) मा भएको बृहत् दोस्रो खिचडी कार्यक्रममा महामन्त्री डा कोइरालाले यस्ता चाडपर्वले नेपालीबीचको एकतालाई अझ मजबुत बनाउने विचार व्यक्त गरे । कार्यक्रममा उद्योगपति विनोद चौधरीले इमान्दार, कर्मठ र लगनशील थारु समुदायलाई राज्यले उचित स्थान दिन नसकेको बताए ।

प्रतिक्रिया

सम्बन्धित