नक्कली पैसा छाप्ने गिरोह यसरी पर्‍यो फन्दामा

महेन्द्रनगर ।  प्रहरीको क्षेत्रीय अनुसन्धान ब्युरोले लाई पक्राउ गरेको छ। दुई महिनादेखि विशेष सुराकीका आधारमा प्रहरीले उनीहरूलाई अनुसन्धान गरिरहेको थियो। गिरोहलाई बिहीबार राति पक्राउ गरिएको हो। भारतमा बसेर नक्कली नेपाली पैसा छाप्ने काममा सक्रिय गिरोहलाई नेपालकै प्रहरीले पक्राउ गर्न सफल भएको हो।

बिहीबार प्रहरीले कञ्चनपुरको बेलौरी ६ दुम्लीमा दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो। दुम्ली दशगजा नजिकैको नेपाली बस्ती हो। बिहीबार राति ८ बजेतिर क्षेत्रीय अनुुसन्धान ब्युरोका असई केशव जोशीको कमान्डमा खटिएको विशेष टोलीले उनीहरूलाई रंगेहात पक्राउ गरेको हो।

‘हामीलाई दुई महिनाअघिदेखि सूचना आएपछि समात्ने प्रयासमा थियौुं, उनले भने, ‘भारतमा बसेरै नक्कली नेपाली पैसा छाप्ने काम भइरहेको भन्ने जानकारी थियो। उनीहरू दुवैलाई नक्कली पैसा छाप्न प्रयोग गरिने कागज र केमिकल तयार गरिरहेको अवस्थामा प्रहरीले फेला पारेको हो।

‘नेपाली हजार रुपैयाँका नोटका काटिएका कागजका टुक्रा, आवश्यक मेसिन र केमिकल बरामद भएको छु, असई जोशीले भने, ‘छापा मारिएको स्थानमा हजार रुपैयाँका दुई सय वटा नोट छाप्ने तयारी गरिएको देखिएको छ।ु नक्कली नोट छापेर गाउँका सर्वसाधारणलाई ठग्ने कार्यमा गिरोह सक्रिय रहेको पनि प्रहरीले बताएको छ।

प्रहरीले भारतको उत्तरप्रदेश राज्यको पिलिभित जिल्लाको सारदपुरी ग्रामपञ्चायत बजारघाट १ बस्ने वर्ष २२ को बलवीर सिंह र सोही ठाउँ बस्ने वर्ष १९ का कृष्ण सिंहलाई पक्राउ गरेको हो। उनीहरूले पिलिभितमा बसेर नेपालीसहित भारतीय नोट पनि छाप्ने काम गर्दै आएको खुल्न आएको प्रहरीले जनाएको छ।

उनीहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलौरीको हिरासतमा राखिएको छ। नक्कली पैसा छाप्ने काममा नेपालीको संलग्नता भएकै कारण पक्राउ परेका भारतीय नागरिक मेसिन र सामग्रीसहित नेपाल आएको भन्दै प्रहरीले त्यस कार्यमा संलग्न नेपाली नागरिकबारे समेत अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित