समानुपातिकतर्फका सांसदको टुंगो लगाउँदै कांग्रेस

काठमाडौं :
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अहिले जारी छ। बिहान सवा नौ बजेदेखि बसेको बैठकले सात वटा प्रदेशमा समानुपातिकतर्फ पार्टीका सांसदको सूची टुंगो लगाउने प्रधानमन्त्रीका सञ्चार विज्ञ गोविन्द परियारले जानकारी दिए।
मंसिर १० र २१ गते भएको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा प्रदेश सभाको समानुपातिकतर्फ कांग्रेस २ र ७ नम्बर प्रदेशमा पहिलो पार्टी बनेको थियो। सात वटा प्रदेशमा कांग्रेसले समानुपातिकतर्फ ७२ सिट जितेको छ। निर्वाचन आयोगले दलहरुलाई शुक्रबारसम्म समानुपातिकतर्फको अन्तिम सूची बुझाउन समय तोकेको छ।
प्रत्यक्षतर्फ ठूलो हार व्यहोरेको कांग्रेसको चुनावपछि पहिलो पटक केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको हो।आजको बैठकमा समानुपातिक सूची टुंग्याएपछि निर्वाचनमा हारको बारे पनि नेताहरुले कुरा उठाउने स्रोतले जानकारी दियो।
समानुपातिकको नामावली टुंगो लगाएपछि बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे पनि छलफल गरिने कार्यसूची रहेको छ । चुनावकै बारेमा सहभागीले प्रश्न तेस्र्याउने बुझिएको छ । निर्वाचन परिणामको विषयलाई लिएर पार्टीभित्र असन्तुष्ट बढी छ । यसबारे पनि देउवाले जवाफ दिने कार्यक्रम रहेको बुझिएको छ । तर, कार्यसम्पादनमा देउवा पक्षका सदस्यहरु बढी भएकाले यो विषयलाई थाँती राखेर केन्द्रीय समिति बैठक पछि बोलाउने गरी बैठक टुंगिन सक्ने एक सहभागी सदस्यले जनाए ।

नयाँ वर्षमा नयाँ ऊर्जा, सङ्कल्प र सम्भावनाको खोजी गर्छाैं : प्रधानमन्त्री ओली
_D3BeYo1vqv_xftazfohlkw2qtglticbkq4blixiws0vslcm5yrwhz9yq1fxpkjn3k3qllnd_OanCcvSanx_5cylqhwezcruaq1ccj75rype7hlihnc84p9b9xbvlagvwvzr3f6t9ds3a5xd.jpeg)
विद्यालय शिक्षा विधेयक चाँडै आउँछ, शिक्षकहरु आन्दोलनमा बसिरहनुु पर्दैन : प्रधा…
%2520(12)_GrcNHLYZTm_19p5mzels5hm1aq0e4zpdtmrjifx1p6iwofeduvmkhizzisykxcvya7xk0su_N2GAfKgccn_esfqb1sraw5vbygoh0q0jcwj2mquzgqzsrv1mz81sxwhsopti5iahmlgdojx.jpeg)
जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन सक्दैन : प्रधानमन्…

रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै
%2520(2)_2OHfomj8Nm_di0lapdnk5klowcdcmpswiheey4hoxopconeeadddcshdqsoyq5a3qudtmxb_t9k9O8USqW_bw7vx7gqo7h2jv849yw7syteajr7jokdj5sc6vzljtjflfp1i2cz6n9n5zx1.jpg)
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै,यस्तो छन् कार्यसूची
_bjuaMVIhlL_zjrxml5wl0xfa0xe6sirujwvychgrjvw8hroqsbmc763r19o68pex24onxde_JzQJFc9QrD_stjawz7gzqojbrcgkijuqvqvci4hl7izkgpoxbs2cbefmnt4jtc3u6ls8fih.jpg)
विविधतायुक्त संस्कृतिलाई राष्ट्रिय एकतामा रुपान्तरित गर्न प्रधानन्त्रीको आग्रह
%2520(1)_eKYKJdfTnJ_ozb9nsxerlkfaibuw1kano3utsnlptbgyvdrsli7dyemg0zcypqmhji8t2ze_CaiL1WOr1K_52k3fspksahmmouryxxo6tui7zofkgcgfa8qa6m3nnkjs5ey7kuu9ft2xce2.jpg)
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
_nACo5kMwBq_wc2d4b53xqqd76s9wyyffobzvhahq7c9kgsj39rxfku1b2k4hiocr5qk836r_L4W9c9J8ln_1ux4y9s19lw5uddplxpgnx7pigl8nx3tjvmifmj7ywoleewlqiw0zslcnu1o.jpg)
प्रतिक्रिया