रजनीकान्तको पनि राजनीतिमा

काठमाडौं : भारतका सुपरस्टार अभिनेता रजनीकान्तले अब आफू राजनीतिमा आउने घोषणा गरेका छन् । उनले तमिलनाडुमा आगामी मेमा हुने विधानसभामा आफ्नै पार्टीबाट चुनाव लड्ने बताएका हुन् । तमिलनाडुमा लोकतन्त्र खराब अवस्थाबाट गुज्रिरहेको र सिस्टम परिवर्तनका लागि राजनीतिमा आउनु परेको उनले बताए । चर्चित अभिनेता रजनीकान्तले मानिसहरुलाई राजनीतिमा आउन पनि अपील गरे । साथै उनले अब तामिलनाडुको हरेक गाउँ र गल्लीमा पुग्ने बाचा पनि गरेका छन् । प्रदेशकी लोकप्रिय मुख्यमन्त्री जयललीताको निधनपछि रजनीकान्त राजनीतिमा आउने अनुमान गरिएको थियो । ६७ वर्षीय रजनीकान्तले भनेका छन्–‘प्रदेशको आगामी विधानसभामा एउटा नयाँ राजनीतिक दल बनाउनु समयको माग हो । हामी २०२१ मा तमिलनाडुका सबै २३४ सिटमा चुनाव लड्छौं ।’– ऐजेन्सी

प्रतिक्रिया

सम्बन्धित