कांग्रेसका हरुवा नेता बाम गठबन्धनको पक्षमा

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा कांग्रेसको पराजयसँगै कांग्रेस युवा नेताहरु चन्द्र भण्डारी, गगन थापा, विश्वप्रकाश शर्मा, धनराज गुरुङ, बद्री पाण्डे, प्रदीप पौडेल र गुरुराज घिमिरेले गुटको भेला गर्दै नेतृत्वको विरोध गरिरहेका छन् ।

उनीहरूले निर्वाचनमा कांग्रेसको पराजयको जिम्मेवारी सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरूले लिनुपर्ने भनिरहेका छन् । उनीहरू बाम गठबन्धन खुसी हुने गरेर नेतृत्वको आलोचनामा उत्रिएका हुन् । यसको नेतृत्व गुल्मीबाट पराजित नेता चन्द्र भण्डारीले गरिरहेका छन् । अहिलेको अवस्थामा कांग्रेस एक भएर जानुपर्ने बेला भण्डारीसहितका केही पराजित नेताहरूले सभापति देउवाको आलोचना गरेकोमा धेरै कांग्रेस कार्यकर्ताहरूले रुचाएका छैनन् । यो समूहमा रहेका नेतामध्ये केहीले टिकन नै पाएनन् भने पाएका मध्ये गगन थापाले मात्रै जितेका छन् । केही नेताहरूले गलत आचरणकै कारण टिकट पाएका थिएनन् ।

टिकट पाएकाहरू पनि नराम्रोसँग पराजित भएका नेता हुन् । टिकट लिएर गएका विश्व प्रकाश शर्मा, चन्द्र भण्डारी र प्रदीप पौडेलले नराम्रोसँग पराजयको स्वाद पाइसकेका छन् । आफूहरू किन हारेको हो भनेर समीक्षा गर्नुको साटो राजधानीका महँगा होटेलहरूमा ठूला–ठूला कुरा गरेर नेतृत्वको आलोचना गरिरहेका छन् ।

कांग्रेस हार्नुको कारण यी सातजनाले पनि लिनुपर्छ भनेर कांग्रेसभित्र कुरा उठेको छ । यी सातजना युवा नेताहरूले कांग्रेस नेतृत्वको आलोचना गर्नुका साटो अहिलेको काम भनेको बाम गठबन्धनलाई भत्काउने योजना बनाउनु थियो । यदि यी सातजना नेताहरूले बाम गठबन्धन भत्काएर देखाउने हो भने कांग्रेसका लागि त्यही नै ठूलो पुरस्कार हुनेछ ।

तर, बाम गठबन्धन भत्काउन हैसियत यी नेताहरूसँग छैन । बरु कांग्रेसलाई बाम गठबन्धनको लहरबाट जोगाएर यहाँसम्म ल्याउन कांग्रेस नेतृत्वलाई सरापेर बसेको भनेर आलोचना हुन थालेको छ ।यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ

प्रतिक्रिया

सम्बन्धित