सरकारले सत्तापक्षलाई माात्र सुरक्षा दिने हो ? : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सत्तापक्षका उम्मेदवारलाई मात्र सुरक्षा दिएको भन्दै आपत्ति प्रकट गरेका छन् । उनले बाम गठबन्धनका उम्मेदवारमाथि एकपछि अर्को आक्रमणको घटना जारी रहेकोप्रति सरकारको उदासिनताले आफूहरुलाई आश्चर्य बनाएको समेत बताए । मंगलबार भोजपुरमा बाम गठबन्धनका उम्मेदवार शेरधन राईमाथि बम प्रहार भएपछि एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्–‘पार्टीको मागका बाबजुद संवेदनशील निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई आवश्यक सुरक्षा उपलब्ध नगराउने तर सत्ताधारी दलका उम्मेदवार वरिपरि भने अनावश्यक सुरक्षाकर्मीको भीड जम्मा गर्ने, पूर्वदेखि पश्चिमसम्मका बामपक्षीय लोकतान्त्रिक गठबन्धनका उम्मेदवारमाथि एकपछि अर्को आक्रमणको घटना जारी रहने कुराप्रति सरकारको उदासिनताले हाम्रो पार्टीलाई आश्चर्य चकित बनाएको छ ।’ उनले यस्ता घटनाप्रति गम्भीर हुन र शान्तिपूर्ण तथा स्वच्छ निर्वाचनको ग्यारेन्टी गर्न सरकारसँग माग समेत गरेका छन् । एमालेले घटनामा संलग्न दोषीमाथि कडा कारवाही गर्न समेत आग्रह गरेको छ । बम प्रहारमा संलग्न जोसुकै भए पनि उनीहरूको उद्देश्य लोकतन्त्रलाई संस्थागत हुन नदिने, निर्वाचन भाँड्ने र मुलुकमा भाँडभैलो मच्चाइरहने भएको एमालेको ठहर छ ।


नयाँ वर्षमा नयाँ ऊर्जा, सङ्कल्प र सम्भावनाको खोजी गर्छाैं : प्रधानमन्त्री ओली
_D3BeYo1vqv_xftazfohlkw2qtglticbkq4blixiws0vslcm5yrwhz9yq1fxpkjn3k3qllnd_oydziprRKc_ze8i9mehlpseggdlm06rtyblrcmhdkrqzcnby61yzwr4sbxuq67qdffimhc3.jpeg)
विद्यालय शिक्षा विधेयक चाँडै आउँछ, शिक्षकहरु आन्दोलनमा बसिरहनुु पर्दैन : प्रधा…
%2520(12)_GrcNHLYZTm_19p5mzels5hm1aq0e4zpdtmrjifx1p6iwofeduvmkhizzisykxcvya7xk0su_2OCwkvVFT0_ymsqhbopq2bxbqjpfmzlqcq16hldsxkotolkyn9yuo57yidruessxinf7dcq.jpeg)
जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन सक्दैन : प्रधानमन्…

रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै
%2520(2)_2OHfomj8Nm_di0lapdnk5klowcdcmpswiheey4hoxopconeeadddcshdqsoyq5a3qudtmxb_BYTb6K0w3g_nqgggkdbje0ikfqivq4kf4erdwm9itbqfvd6wtqzd6gbaqm9oswc59bp6dnm.jpg)
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै,यस्तो छन् कार्यसूची
_bjuaMVIhlL_zjrxml5wl0xfa0xe6sirujwvychgrjvw8hroqsbmc763r19o68pex24onxde_3s4PKF8FzF_wzgyooqlvvxkbxepaobeicdxhoh62x8ehfpyhp0ns7ita2rkg9x8mnloqzys.jpg)
विविधतायुक्त संस्कृतिलाई राष्ट्रिय एकतामा रुपान्तरित गर्न प्रधानन्त्रीको आग्रह
%2520(1)_eKYKJdfTnJ_ozb9nsxerlkfaibuw1kano3utsnlptbgyvdrsli7dyemg0zcypqmhji8t2ze_5XlecoiG3z_np190vdm5weqa1ddaylbmmsi2mxprgxlqxwzidxesdcbrqymh1rqtvlbjity.jpg)
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
_nACo5kMwBq_wc2d4b53xqqd76s9wyyffobzvhahq7c9kgsj39rxfku1b2k4hiocr5qk836r_8Z59kxXova_hmavuaxueukyiryksc5drbktolxpz9xspejdepkpacnsilfdqk7xvaalui12.jpg)
प्रतिक्रिया