पहिलो त्रैमाशिकमै १६ करोड कमायो एनसीसीले

एनसीसी बैंकको नाफा २७ प्रतिशत बढ्यो, सञ्चालन नाफा मात्रै काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकले २७ प्रतिशतले नाफा बढाएको छ । चालु आव २०७४÷७५ को पहिलो त्रैमाशिकमा एनसीसीले नाफा २७ प्रतिशतले बढाएको हो । बैंकको नाफा १६ करोड पुगेको छ । गत आवको बैंकले पहिलो त्रैमाशमा १२ करोड ९० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
बैंकको सञ्चालन नाफा भने लगभग ९२ प्रतिशतले घटेको छ । यो रकम १ करोड २५ लाख रहेको छ । २३ करोड रुपैयाँ राइट ब्याक गरेपछि बैंक नाफा बढाउन सफल भएको हो ।
बैंकको खुद व्याज आम्दानी पनि १२ प्रतिशतले घटेको छ । यो रकम २१ करोडमा सिमित रहेको छ । त्यस्तै, फि कमिसन, अन्य आम्दानी शीर्षकबाट करिब १० करोड रुपैयाँ आर्जन गरेको छ । यो रकम ३२ प्रतिशतले बढेको छ । बैंकले सम्भावित नोक्सान वापतको व्यवस्थामा ३३ करोड रुपैयाँ राखेको छ भने ३१ करोड फिर्ता ल्याएको छ । बैंकको खराब कर्जाको अनुपात ४.६९ प्रतिशत रहको छ । बैंकको कुल कर्जा लगानीमा ४७ प्रतिशत लगानी रियल इस्टेट, सेयर कर्जा र ओभरड्राफ्ट कर्जा रहेको छ । यी क्षेत्रमा २३ अर्ब रुपैयाँ लगानी भएको छ ।
बैंकको सेयरमा प्रतिफल करिब १३ प्रतिशतबाट घटेर ९ प्रतिशत भएको छ । बैंकको चुक्ता पूँजी २ अर्ब धेरैले बढेपछि सेयरमा प्रतिफल घटेको हो । बैंकको चुक्ता पूँजी ४ अर्ब ६७ करोड पुगेको छ भने सञ्चिती २ अर्ब ७२ करोड रुपैयाँ रहेको छ ।

सुनको मूल्य पून : बढ्यो
_1UYBApZJmw_hhmvij2qqd3gev79cg8v1xprhlfgevrmaxgu5of8uou9c8gnswn2j3qdby5n_FVCbUv2kyS_wvddb5chddbfjfdhbap7vgsxfpchswjxpnhg1mzmuskzgdexwk3kvhrcgm8e.jpg)
करेन्ट, गुट्खा, भोला पावर, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

२५ जना महिलाले २५ सयबाट सुरु गरेको सहकारी झण्डै ७१ करोडको मालिक
_Lvw0M0yfPg_buzfrtgaprztpdhbi4rahulidezg6b1f2vnqk0z3z4k7pllbonjltjaitm7n_EMlU2xh4k7_uecihfmjcpoqyd9mm0tluhphz9uyunx5dbs2hr94cns8jl58tpepfm3wfuoy.jpg)
डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो
%2520(12)_ccg9YI0Vb0_wx6anenxdyl9gn7yijbd4zqsuctea7ax7lajazcwbg5froxwiwzfwvxxzmcj_Xa7st3wknV_ys4zzpc25dcaixqlsdyqkvsjrtabr1jejujaztfvxisgtgllwea6w43wux7k.jpg)
पोखरामा पहिलो ‘नाडा अटो शो २०२५’ सम्पन्न
_8CvvJHEh1n_ojah61gs4qevxwqcgwcfm3i9qiqiowdkqop48ril4eti61ysadgqiat0jnwm_O4q6sxrwls_sp1epmbbs6fyeuedlyuskkhztrt3btm6ugrnmiplppqjbta5dzi40fsfoze6.jpg)
निगमले घटायो पेट्रोलियम पदार्थको मुल्य
_6TNRIBI5Kp_9pyf3zavrf90bbppvwyxkdyhdqzpbtidz7h0dc1jcenglqfweuote0vhiarz_95dvFCkjtM_pmlop270rbxnxxtutyjs9gpm0is3qzao0fypmcfwnds50disi6ynzotgoegp.jpg)
मोवाइल व्यवसायी महासंघको प्रदेश स्तरीय भेला चितवनमा

प्रतिक्रिया