धर्मका नाममा दलितमाथी गरिने भेदभाव र दुव्यवहारको नीति अन्त्य हुनुपर्छ

काठमाण्डौं, २३ साउन ।
संविधानसभामा सहमति भएको दलित अधिकार मस्यौदा समितिमा पुग्दा अपहरण भएको दलित अधिकारकर्मीले आरोप लगाएका छन् । संचारकर्मीसंग कुरा गर्दै दलित अधिकारकर्मी तथा युवा नेता मन्दिप रसाईलिले संवैधानीक राजनीतिक संवाद तथा सहमति समितिमा भएको सहमति मस्यौदा समितिलाई उल्ट्याउने अधिकार नभएको भन्दै संवाद समितिमा सहमति भए बमोजिमका दलित अधिकार जस्ताको त्यस्तै मस्यौदामा उल्लेख गर्न माग गरे । समाजको सोसित र उत्पीडीत बर्ग दलित समुदायको क्षतिपुर्ती सहितको व्यवस्था गर्ने गरि संविधानसभामा सहमति भएपनि मस्यौदा लेखनका क्रममा एका एक गायव बनाएको आरोप उनले लगाएका हुन् ।
अधिकारकर्मी रसाईलिले भने “दलितहरुले आफ्नो अधिकार माग्दा राज्यबाट दमन भएको प्रति खेद प्रकट गर्दै समाजका सम्रान्त बर्गको नेतृत्वमा रहेको बर्तमान सरकार दलितले आफ्नो अधिकार माग्दा बुट प्रहार गर्न लगाएको घटनाबाट पनि दलितप्रति सरकार अनुदार रहेको भन्ने कुरा प्रमाणीत भएको छ ।” काठमाण्डौको बिजुलिबजारमा दलितमाथि भएको दमनले विश्व लाई नै लज्जित तुल्याएको उनको भनाई छ । उनले भने “हजारौ बर्ष देखि बिभेदमा रहेका दलितहरु अझपनि उपल्लो जातका मानीसहरुको घरमा पस्न नपाउने र एउटै कुवाको पानी पनि खान नपाउने अवस्थामा छन् ।”
संविधानमा क्षति पुर्ती सहितको दलित अधिकार सुनिश्चित गर्न बिभिन्न चरणका आन्दोलन र दबावले सकारात्मक बनेका राजनीतिक दलका नेताहरु संविधान निमार्णको अन्तिम चरणमा आइपुग्दा एका एक पछाडि हट्नुले यो घटना आश्चर्य जनक र आपत्तीजनक रहेको पनि अधिकारकर्मी रसाईलीको भनाइ रहेको छ । रसाईलिले थपे “दलहरुबिच पहिलो संविधानसभामा भएको सहमतिलाई उल्टाउने गरी मस्यौदा समितिले गरेको निर्णय उल्टाएर सहमति बमोजिम नै दलितलाई अधिकार दिन, जग्गा दिन र राज्यका बिभिन्न निकायहरुमा समानुपातीक समावेशी प्रतिनिधित्व हुने कुरा संविधानमा नै व्यवस्था गर्नु पर्छ ! यो सहमतिबाट पछि हटेर प्रति गमनकारी संविधान निमार्ण गरे दलितहरुलाई स्वीकार्य नहुने चेतावनी समेत दिए ।” रसाईलिले मस्यौदा संविधानमा कानुन बमोजिम जग्गा दिने लगायतका व्यवस्था गरेको प्रति असहमति जनाउदै यस्तो उधारो अधिकार दलितहरुलाई अपाच्य रहेको समेत बताए ।
उनले हिन्दू धर्मका बिषयमा बहस भैरहेका बेला हिन्दू धर्मका नराम्रा पक्षका बारेमा भने कसैले पनि बोल्न नचाहेको गुनासो गरे । हिन्दू धर्मको दलितहरुले पुरै विरोध नगरे पनि हिन्दू संस्कार र धर्मका नाममा दलितहरुमाथी गरिने भेदभाव र दुव्यवहारको नीति अन्त्यहुने ग्यारेन्टी नहुदा सम्म हिन्दू धर्मलाई स्वीकार्न नसकिने स्पष्ट पारे । रसाइलिले भने “हिन्दू धर्म आफैले विभेद नगरे पनि मनो स्मृती मार्फत चार बर्ण छुट्याएर कथित बाहुनहरुले दलितमाथि अत्याचार गरेको आरोप लगाए । उनले थपे धर्म आफैमा पवित्र कुरा हो ! नेपाललाई मक्का मदिना जस्तो बनाउने कुरामा सहमत हुन सकिन्छ । धर्मका नाममा दलितमाथि कुनै पनि किसिमको भेदभाव नहुने व्यवस्था संविधानमा मात्रै नभएर व्यवहारमा समेत लागु भए हिन्दु धर्मलाई आलोचनात्मक रुपमा समर्थन गर्न सकिन्छ ।”
उनले भाबुक शैलिमा भने ! कुनै बेला दलितहरु पढ्न जादा कानमा तेल हालेर समाजबाट नै अपमानीत हुनुपरेको स्मरण गर्दै पचासौ बर्ष सम्म दलितहरुको मानवता र नागरीकको हिसावले पढ्न पाउने मौलिक अधिकारबाट बन्चित गरेकाले क्षतिपुर्ती सहित राज्यका हरेक निकायमा समानुपातीक प्रतिनिधित्वको माग गरेको हो । रसाईलिले काठमाण्डौं जस्तो शिक्षित र सब्य भनेर चिनिएको ठाउँमा पनि दलित भएको थाहा पाएपछि घर धनीले डेराबाट निकालेको पिडा इतिहासकै कालो दिन भएको बताए ।

नयाँ वर्षमा नयाँ ऊर्जा, सङ्कल्प र सम्भावनाको खोजी गर्छाैं : प्रधानमन्त्री ओली
_D3BeYo1vqv_xftazfohlkw2qtglticbkq4blixiws0vslcm5yrwhz9yq1fxpkjn3k3qllnd_x5uwRUEA0C_20qfwppgl2lf5pndysdmea2qut5lmuijztpuxjzznhhlxsakcuhvqw1dlljb.jpeg)
विद्यालय शिक्षा विधेयक चाँडै आउँछ, शिक्षकहरु आन्दोलनमा बसिरहनुु पर्दैन : प्रधा…
%2520(12)_GrcNHLYZTm_19p5mzels5hm1aq0e4zpdtmrjifx1p6iwofeduvmkhizzisykxcvya7xk0su_h3vE3TIWhK_qc0aiwkbdnzprsezsr43v1ld8s1pxqmtofgx8ymuineiiut0gssyc3uoud82.jpeg)
जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन सक्दैन : प्रधानमन्…

रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै
%2520(2)_2OHfomj8Nm_di0lapdnk5klowcdcmpswiheey4hoxopconeeadddcshdqsoyq5a3qudtmxb_crN5XAhSbe_4avqfftketv5r7tx1zqphybui2c3fesy1zdhrleczp4e9t2777xjiu4lh6ou.jpg)
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै,यस्तो छन् कार्यसूची
_bjuaMVIhlL_zjrxml5wl0xfa0xe6sirujwvychgrjvw8hroqsbmc763r19o68pex24onxde_qdsU3teCQI_avmr6toiz9m4ficbrulddbv8ga8qoppy28fm4mjxrrcid0hwxiy2xd0cz2aw.jpg)
विविधतायुक्त संस्कृतिलाई राष्ट्रिय एकतामा रुपान्तरित गर्न प्रधानन्त्रीको आग्रह
%2520(1)_eKYKJdfTnJ_ozb9nsxerlkfaibuw1kano3utsnlptbgyvdrsli7dyemg0zcypqmhji8t2ze_1ISL4Wkz6O_rznzwk8jicnwcidiylhomqyaletcnfe3o4aerp0at98puzj0grrcg4uuhazf.jpg)
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
_nACo5kMwBq_wc2d4b53xqqd76s9wyyffobzvhahq7c9kgsj39rxfku1b2k4hiocr5qk836r_MbTNAeVPCM_crwmg3rirvntayfcothe7b5wbycmgrdlpxfai3k2j6vy7a6obrwsdojfbqgs.jpg)
प्रतिक्रिया