एकादेशमा फिल्म फेस्टिभल सुरु, ४३ मुलुककाे सहभागिता

काठमाडौं : नेपालमा आजबाट एकादेशमा इण्टरनेशनल सर्ट फिल्म फेस्टिभलको पाचौं संस्मरण सुरू भएको छ। काठमाडौंको कुमारी हलमा सुरू भएको उक्त फेस्टिभलमा नेपालका २१ सहित ४३ मुलुकका ९९ वटा फिल्म देखाइदैँछ। ‘लेट दीयर बि लाइट’ नारा रहेको उक्त फिल्म फेस्टिभलले समाजले बेवास्ता गरेका विभिन्न विषयवस्तुलाई समावेश गरेको छ। फेस्टिभलमा चेन्जिङ पर्सपेक्टिभ, फ्यूचर अफ सिनेमा, मेड इन बंगलादेश, पावर लगायतका विभिन्न विधाहरू समावेश गरिएको छ। ‘चेन्जिङ पर्सपेक्टिभ’मा २० सर्ट फिल्म देखाइनेछ। त्यस्तै, ‘फ्युचर अफ सिनेमा’मा १७ फिल्म देखाइनेछ भने फेस्टिभलमा विशेष छनौटमा परेका ११ बंगलादेशी फिल्मलाई तीन सहायक खण्डमा प्रदर्शन गरिदैँछ। फेस्टिभलमा विभिन्न सामाजिक मुद्दाका ३३ सर्ट फिल्ममध्ये विशेष छनौटमा परेका १४ फिल्म नियमित प्रदर्शनसँगै काठमाडौं, पाटन र भक्तपुर दरबार स्क्वायरमा खुला प्रदर्शन पनि गरिनेछ। फिल्मको पहिलो दिन शुक्रबार नेपालकी सारा तामाङको ‘द कलर्स अफ लाइफ’बाट सुरू भएको कार्यक्रममा जम्मा ३६ फिल्म देखाइदैँछ। नेपाली फिल्म उद्योगकी अभिनेत्री मनिषा कोइराला, नम्रता श्रेष्ठ, यज्ञश लगायत एकादेशको जुरी मेम्बरमा रहेका छन्। फेस्टिभल मंसिर ३ गतेसम्म चल्नेछ।

प्रतिक्रिया

सम्बन्धित