पर्वतमा युवा संघ नेपालको बृहत् सांस्कृतिक कार्यक्रम

कुस्मा : युवा संघ नेपाल पर्वत जिल्ला कमिटीको आयोजनामा युवा संघको आव्हान स्वच्छ शहर हाम्रो अभियान भन्ने मूल नाराका साथ आयोजना गरिएको बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमालेका पोलिटब्युरो सदस्य गणेश प्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा अहिलेका चर्चित युवा गायक शिव परियार, लोक गायक कृष्ण अखेली, गायिका सरस्वती लामिछाने, अनूपा थापा लगायतले प्रस्तुति दिएका थिए ।parbat

कुस्माको सिद्देश्वर चलचित्र मन्दिर को १००० जनाको क्षमता भएको हल खचाखच भरिएको थियो भने केहि सीट नपुगेर उभिएर पनि मनोरञ्जन लिएका थिए । नेकपा एमाले जिल्ला अध्यक्ष पदम गिरी, संघ नेपालका केन्द्रीय सचिवहरु किरण पौडेल, चन्द्र लामा, अशोक चन्द, कोषाध्यक्ष माधव बास्तोला, विदेश बिभाग प्रमुख सन्तोष रावल, धौलागिरी अञ्चल इन्चार्ज शिव पौडेल, लेखा अयोग सदस्य प्रकाश लामिछाने, अञ्चल अध्यक्ष नारायण जैसी, नेकपा एमाले जिल्ला नेताहरु, युवा संघका जिल्ला एवं अञ्चल नेताहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रम गरेर बचेको रकम कुस्मा बजारलाई सफा एवं सुन्दर बनाउनको लागि बिभिन्न संस्था संग सहकार्य गरेर खर्च गरिने कार्यक्रमका संयोजक थमनारायण पौडेलले बताए ।

प्रतिक्रिया

सम्बन्धित