राजावादीको उक्साहटमा संबिधान रोक्ने खेल

संविधान जारी हुन नदिन दक्षिण तर्फको छिमेकी मुलुक भारतसगको खुल्ला सीमाको दुरुपयोग गर्दै तराई मधेशका सोझा र निमुखा जनतालाई दरबारियाको उक्साहटमा दुरुपयोग गरिदैछ । बिश्वस्त स्रोतका अनुसार तत्काल संबिधान जारी भएमा आर्थिक लाभ र शक्ति क्षण हुने त्रासमा रहेका जनताप्रति बिश्वास र भरोस गर्न नसक्ने सत्तारुढ कांग्रेस भित्रकै नव कांग्रेसी नेतृत्व त्यस्तो षडयन्त्रको गोटी बनेको हो । स्रोतका अनुसार मधेशवादी दल र मधेशी सभासद्लाई मधेशी जनताको पछौटेपन, गरिबी र बषौंदेखि शोषण र उत्पीडनमा परेका समुदायको भावनामाथि खेलवाड गर्दै आन्दोलन गर्न र आन्दोलनको बहानामा संबिधान निर्माण प्रक्रियालाई पछि सार्ने षडयन्त्र केही हदसम्म सफल भएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफुहरु मधेशबादी दलको जस्तो संबिधान निर्माण प्रक्रियालाई नैं बहिस्कार गरेर नहिड्ने भन्दै संबिधानसभामा प्रमुख दललाई भ्रममा पार्ने रणनीतिमा लागेका छन् । साना, मझौला र मधेशवादी दललाई तपाइहरुको माग पुरा हुन सकेन भन्दै आन्दोलनद्धारा नैं माग पूरा गराउन उक्साई रहेका छन् । सबैजसो मधेशवादी दलमा राप्रपा नेपालका अध्यक्ष कमल थापाका बिश्वास पात्रहरुले भूमिका निर्बाह गरिरहेका छन् ।
मधेशमा आन्दोलन भइरहेकोले उनीहरुसग वार्ता गर्नको लागि केही समय संबिधान निर्माणको प्रक्रिया स्थगित गर्न भन्दै प्रधानमन्त्री एवम् कांग्रेसका सभापति सुशील कोइरालालाई कांग्रेस भित्रकै दरबारियाहरु दबाब दिइरहेका छन् । दरबारियाको इन्ट्रेष्टमा चल्ने कांग्रेसका नेतामा आफुलाई प्रभावशाली केन्द्रीय सदस्य भनेर दाबी गर्ने अर्जुननरसिंह केसी अगाडि छन् । पञ्चायतकालमा दरबारको ताबेदारी गरी सहायकमन्त्रीसम्म बनेका केसीलाई यतिबेला कांग्रेसकै केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सघाई रहेका छन् । आमा नोना कोइराला र काका गिरिजाप्रसाद कोइरालाको निगाहमा धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपकुलपति भएर अकुत सम्पति आर्जन गरेका कोइराला यतिबेला कांग्रेसको राजनीति आफुले मात्र हाक्न सक्ने भन्दै पाच दशक लामो राजनीति गरेका प्रधानमन्त्री शुसील कोइरालालाई मनपरी गाली गर्दै डुकार्न थालेका छन् ।
उनलाई कांग्रेसमा राजनीति गरेर केन्द्रीय सदस्य र मन्त्रीसमेत भएका प्रकाश कोइरालाकी छोरी मनिषा कोइराला र बीपी पुत्र सशांक कोइरालाले उकासी रहेका छन् । मनिषा कोइराला चांहि पिता प्रकाश कोइरालाको इसारामा राजसस्थाको पक्षमा खुलम खुल्ला वकालत गरिरहेकी छन् । उता प्रधानमन्त्रीका बिश्वास पात्र भनेर चिनिएका केन्द्रीय सदस्य डा. शसांक कोइराला पनि बेबी किङ र सेरेमोनियल किङको पक्षमा वकालत गर्दै आएका छन् । राप्रपा नेपालका अध्यक्ष कमल थापाको इसारामा यतिबेला तराई मधेश लोकतान्त्रिक पार्टीका सर्बेन्द्रनाथ शुक्ला र अभिषेकप्रताप शाह, संघिय समाजबादी फोरमका रेणुकुमारी यादब, फोरम लोकतान्त्रिकमा नेता मृगेन्द्रकुमार सिंह यादब र रामेश्वर राय यादबलाई परिचालित छन् । थापाले सद्भावना पार्टीमा नेता खोभारी रायलाई परिचालित गरी संविधानसभाबाट संविधान निर्माण हुन नदिन सक्रिय भूमिका खेल्न उनीहरुलाई परिचालित गरेका हुन ।
थापाको इसारामा कांग्रेसका नेता केसी पनि परिचालित भएका छन् । केसी पञ्चायतकालमै कमल थापाका घनिष्ट मित्र र सहयात्री थिए । सर्बेन्द्रनाथ शुक्ला, रेणु यादब, मृगेन्द्रकुमार सिंह यादब, अभिषेक प्रताप शाह, बृजेश कुमार साह राप्रपामा हुदा कमल थापाकै अनुयायी थिए । रामेश्वर राय यादब भने राजाले प्रतिगमनकालमा मन्त्री बनाइएको ब्यक्ति हुन् । खोबारी राय पनि राप्रपाबाटै सद्भावनामा प्रवेस गरेका हुन । अर्थमन्त्री रामशरण महत, बन मन्त्री महेश आचार्य र भौतिक योजना तथा यातायात मन्त्री बिमलेन्द्र निधिहरु कमल थापाको इसारमा नचले उनीहरुलाई संविधान बनेमा मन्त्री पद खुस्किने त्रास छ ।
त्यसैले संबिधान तत्काल नबनोस भन्ने षडयन्त्रको जालमा उनीहरु फसेका हुन । मन्त्री आचार्यलाई उनकी दिदी शारदा पोख्रेलले दरबारकै इसारामा संविधान निर्माण प्रक्रियाको बिपरित भूमिका खेल्न दबाब पनि दिइरहेकी छन् । उनी पूर्बराज बीरेन्द्र साहकै सिफारिसमा राष्ट्रियसभाकी सांसद भएकी थिइन् । डा. शेखर कोइरालालाई भने सानोबुबा आमोदप्रसाद उपाध्यायले पनि संविधानको बिधेयक फेल गर्न सम्पूर्ण शक्ति प्रयोग गर्न दबाब दिएका छन् । उपाध्याय पनि पञ्चायतकालदेखि नैं दरबारियाको उठबस र संगतमा हुर्किका कांग्रेसका केन्द्रीय सदस्य हुन् । उनले मोरङ क्षेत्र नम्बर एकमा निर्वाचनमा पराजय भोगेपछि सभापति सुशील कोइराला र नेतृ सुजाताप्रति बिरोधमा खरो रुपमा उत्रिएका छन् ।

नयाँ वर्षमा नयाँ ऊर्जा, सङ्कल्प र सम्भावनाको खोजी गर्छाैं : प्रधानमन्त्री ओली
_D3BeYo1vqv_xftazfohlkw2qtglticbkq4blixiws0vslcm5yrwhz9yq1fxpkjn3k3qllnd_EkQzZeQ6Od_tsj712ykq13zbpy5z272dgg09b7hrgw7vyw3bs5jt1yobtgkx2zigmqhfpfn.jpeg)
विद्यालय शिक्षा विधेयक चाँडै आउँछ, शिक्षकहरु आन्दोलनमा बसिरहनुु पर्दैन : प्रधा…
%2520(12)_GrcNHLYZTm_19p5mzels5hm1aq0e4zpdtmrjifx1p6iwofeduvmkhizzisykxcvya7xk0su_OhqtPyATwV_ec2ncfujnwvicg5dsmrzsgyyzhnnp03rhvkmskgpkwhsp5ds3eiodadk63br.jpeg)
जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन सक्दैन : प्रधानमन्…

रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै
%2520(2)_2OHfomj8Nm_di0lapdnk5klowcdcmpswiheey4hoxopconeeadddcshdqsoyq5a3qudtmxb_L0eIRylUk1_fanpursojpjibaajasmqqpi63krkbqbom2nkeocbgi5qseard2o5tfrsefue.jpg)
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै,यस्तो छन् कार्यसूची
_bjuaMVIhlL_zjrxml5wl0xfa0xe6sirujwvychgrjvw8hroqsbmc763r19o68pex24onxde_wdfdyQGIcF_cscyctyxgkvif9owpgblj33e7jzouep6fjm2rs07adrwibfpayhdyiudocqu.jpg)
विविधतायुक्त संस्कृतिलाई राष्ट्रिय एकतामा रुपान्तरित गर्न प्रधानन्त्रीको आग्रह
%2520(1)_eKYKJdfTnJ_ozb9nsxerlkfaibuw1kano3utsnlptbgyvdrsli7dyemg0zcypqmhji8t2ze_KCOHIbO7n9_7mx1ai3aes7kjjxiltuezrsjzpxtquam3x4upacpvcpibsgs1ruyztjabxin.jpg)
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
_nACo5kMwBq_wc2d4b53xqqd76s9wyyffobzvhahq7c9kgsj39rxfku1b2k4hiocr5qk836r_hIykBeDyLw_7vezshlobrtvrjzna9focnrbbfz7f5kcakkfmlni994nihyz1g8g9ym3iw4u.jpg)
प्रतिक्रिया