कुनै पनि हालतमा पार्टी एकता हुन्छ : प्रचण्ड

चितवन :
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले र माओवादीको पार्टी एकताबाट पछि नहट्ने ठाउँ बताएका छन् । संगठन मिलाउने क्रममा जटिलता आउनसक्ने भन्दै उनले त्यसको विकल्प समेतखोजिसकेको बताए । चितवनमा बाम बुद्धिजीवीले आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा बोल्दै दाहालले पार्टी एकताका सन्दर्भमा मिडियामा कपोलकल्पित र भ्रामकरुपमा समाचार आएकोप्रति उनको गुनासो थियो ।
दाहालले भने–‘मैले र केपी ओली कमरेडले जानीबुझी पुल बाँकी राख्यो भने फर्किने खतरा हुन्छ, पुल नै भत्काइदिउँ भनेर एकतामा एकै चोटी हामफालेको हो ।’ एमाले र माओवादी दुबै पार्टीको नेतृत्वले एकता प्रक्रियाबाट पछि हट्ने कल्पना नगरेको उनको भनाई थियो । उनले भने–‘पार्टी एकता गम्भीरताका साथ अगाडि बढेको छ, अब टुंग्याउने ढंगले अगाडि बढेको छ ।’
‘सेटिङमा, संगठन मिलाउनेमा जटिलता हुन पनि सक्छ । तर, हामीले विभिन्न विकल्प सोचिसकेका छौं र ती कुनै पनि विकल्प अगाडि जाने मात्र छन् पछि हट्ने कुनै विकल्प छैन ।’ उनले थपे ।
राष्ट्रियसभा निर्वाचन बहुमतीय प्रणालीबाटै गर्नेमा सहमति भएको दाबी गर्दै दाहालले तर स्थानीय तहको पहिलो चरणको निर्वाचनमा एमाले र माओवादी केन्द्रबाट धेरै प्रतिनिधि विजयी भएपछि कांग्रेस पछि हटेको आरोप लगाए ।
बहुमतीय प्रणालीमा गए कांग्रेसका एक जना पनि प्रतिनिधि नआउनु पनि त्यति राम्रो नभएको भन्दै दाहालले बीचको बाटोबाट समाधान खोज्न एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल भएको बताए ।

नयाँ वर्षमा नयाँ ऊर्जा, सङ्कल्प र सम्भावनाको खोजी गर्छाैं : प्रधानमन्त्री ओली
_D3BeYo1vqv_xftazfohlkw2qtglticbkq4blixiws0vslcm5yrwhz9yq1fxpkjn3k3qllnd_4ZUGLEFqu5_tckcuf5ipfubojnhqhakthunc6tbvc5yiog9ryjdgi9rnjfk7fplgut92egu.jpeg)
विद्यालय शिक्षा विधेयक चाँडै आउँछ, शिक्षकहरु आन्दोलनमा बसिरहनुु पर्दैन : प्रधा…
%2520(12)_GrcNHLYZTm_19p5mzels5hm1aq0e4zpdtmrjifx1p6iwofeduvmkhizzisykxcvya7xk0su_JbnX1gvivO_5emyjna3fdmqyi1vl7zggtwzccfggprgkbuhfvckxhsfpvzvglvn6g3zzjjw.jpeg)
जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन सक्दैन : प्रधानमन्…

रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै
%2520(2)_2OHfomj8Nm_di0lapdnk5klowcdcmpswiheey4hoxopconeeadddcshdqsoyq5a3qudtmxb_BOXS9fuN7w_qf8izsctkmcudrbja1utzo6ahshurjv1zkr8thv8uxhyd04zzieogltyqmt2.jpg)
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै,यस्तो छन् कार्यसूची
_bjuaMVIhlL_zjrxml5wl0xfa0xe6sirujwvychgrjvw8hroqsbmc763r19o68pex24onxde_q2NOuvVmZU_nxsctaykfjskoiftr7pd6vjqzjanmo7yn0y2arxt2eobezikihrrohi1mgn5.jpg)
विविधतायुक्त संस्कृतिलाई राष्ट्रिय एकतामा रुपान्तरित गर्न प्रधानन्त्रीको आग्रह
%2520(1)_eKYKJdfTnJ_ozb9nsxerlkfaibuw1kano3utsnlptbgyvdrsli7dyemg0zcypqmhji8t2ze_U4Jcnn1wuw_rm8oudhtymof6wqdgxav6slnnvqw6hfj46dulyftaknkpbz2jkotsa4qqoyd.jpg)
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
_nACo5kMwBq_wc2d4b53xqqd76s9wyyffobzvhahq7c9kgsj39rxfku1b2k4hiocr5qk836r_P03kWns5fQ_dwaq1rvoioy0j7kfp3iswqxieizitvoaqxemblpfjiak7dpwtieiqppz6pc5.jpg)
प्रतिक्रिया