ईपीएलको समूह चरणबाटै बाहिरियो काठमाडौं, विराटनगर समूह विजेता

काठमाडौं :
काठमाडौं किङ्ग्स इलाभेन एभरेष्ट प्रिमियर लिग क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ । सोमबारको पहिलो खेलमा खेलमा बिराटनगर वारियर्सले काठमाडौंमाथि ८ रनको रोमाञ्चक जित निकाल्दा काठमाडौं एलाभेन बाहिरिएको हो । विराटनगरले समूह चरणमा सबै खेल जितेको छ भने एक खेल मात्र जितेको काठमाडौं बाहिरियो ।
१४८ रनको लक्ष्य पछ्याएको काठमाडौंलाई अन्तिम ओभरमा १७ रन चाहिएको थियो । तर, अन्तिम ओभरको पहिलो बलमा नै रामनरेश गिरीले सागर विमारको विकेट लिए । दोस्रो बलमा रन जोड्न नसकेका सिद्धान्त लोहनीले तेस्रो बलमा छक्का हान्दै काठमाडौंलाई जितको आश दिलाए ।
तर, चौथो बलमा उनी आउट भए । र, काठमाडौंले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन मात्र बनाउन सक्यो । उसका लागि महारुफले ४२ रन बनाए भने नरेश बुढायरले ३० रन जोड्दा अन्य ब्याट्सम्यान चल्न सकेनन् । बिटनगरका अंशुमान रथले ३ विकेट लिँदा बसन्त रेग्मी र रामनरेश गिरीले २(२ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १४७ रन बनाएको थियो । ओपनर आसिफ शेख शुन्यमा आउट भए, जतिबेला टिमको स्कोर ११ रन मात्र थियो ।
तर, अंशुमान रथ र बाबर हायातले पारी सम्हाले । दोस्रो विकेटका लागि ७३ रनको साझेदारी गरे । अंशुमान ३२ रनमा आउट भए । पारस खड्कासँग २९ रनको साझेदारी गरेका बाबर व्यक्तिगत ६७ रनमा आउट भए ।
पारस २६ रनमा आउट भए, जतिबेला टिमको स्कोर १३३ रन थियो र ११ बल बाँकी थियो । तर, विराटनगरले १४ रन जोड्न थप ३ विकेट गुमायो । जितसँगै ५ खेलबाट १० अंक जोडेको विराटनगर समूह विजेता बनेको छ ।

तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान, बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

महिला टी–२० सिरिजमा आज नेपाल र हङकङ भिड्दै

भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

सहिद सप्ताहको अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न
_8irItyHrbH_libzc4utn4nf88x7sf9kr44v1tsm13viil7piorkjltwge9e70lx1ulwkozo_eSQ44GB84a_sdd1c1libv2wvvklvaoh13uhppvmeile0fnwq625glyiilys2adfrgu5ouem.jpg)
एपीएफलाई हराउँदै चर्च ब्वाइज बागमती गोल्डकपको फाइनलमा
%2520(6)_aiDT5o6OuM_aifsmky2wsxdxc9hehgx1cjkkamfmjloatv7ixovyyhacificfssgmfvp1ha_NGcstXlvLI_wxorh6bzwdp8xqm2svtvojfpqtl3tuo3vh697mp5vh2d9zuikouxrk8reojg.jpg)
जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि मन्थली नगरपालिकालाई
_E58vjO8T9x_m9gq708qecz8gjkv5tjtr3hpmomzbwbsdvn2lgogcbistbk8bj7te7lnxuxx_aUVAoeHmIB_62cxmwzebtj5v5oq6hslasbgu2f5ehtstlassqtr5atrnhihdxkv6unkqwrg.jpg)
शीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शन
_SzEU9Tztdf_zsksfe0riuctsvwumdz0jtdhla5qpklg3ln7rf60cepzeytzxjfbcqk5ziya_evE0zYyulV_pf3dsij1xen6owos9uxpxquwntjjcueqcerydsrwqtbuewgbiotim2e0belb.jpg)
प्रतिक्रिया