नेपालमा आइडिपीद्वारा काम सुरु, ब्रिटिस काउन्सिलको एकाधिकार तोडियो

idp1काठमाडौं। नेपालबाट आईइएलटीएसको परीक्षा लिनको लागि नयाँ संस्था आइडिपीले सम्पर्क कार्यालय खोलेर काम सुरु गरेको छ ।

 काठमाडौंको लाजिम्पाटस्थित मेट्रो पार्कमा आज आइडिपीको आईइएलटीएस कार्यालय एवं परीक्षा केंद्रको उद्घाटन गर्दै दक्षिण एशिया र  उत्तरी अमेरिकाका निर्देशक हरमीत पेंटलले भने - 'आइडिपीले आईईएलटीएसको  पोर्टफोलियोमा महत्वपूर्ण भूमिका प्रदान गर्नेछ र अंग्रेजी भाषा परीक्षाको समयको उच्च मागलाई अब आइडिपीलेले सहज बनाउनेछ । '

  आईइएलटीएस संचालनको दक्षिण एशिया तथा  दक्षिण कोरिया हेर्ने निर्देशक विशाल गुप्ताले  आफ्नो  च्यानल साझेदार, शिक्षा र सरकारी संगठनको सहयोगमा नेपालमा आईइएलटीएस संचालन सेट अपमा ठूलो अनुभव भएको बताए  । हरेक महिनामा आइडिपीले चार वटा परीक्षा सञ्चालनमा ल्याउने र अगस्ट २० मा पहिलो परीक्षा हुने उनले जनाए । विश्वव्यापी रुपमा नौ हजार भन्दा  बढी संगठनले आईइएलटीएसलाई अंग्रेजी भाषाको  रूपमा स्वीकार गरेका छन् ।

  गत वर्ष २५ लाख भन्दा बढी परीक्षण विश्वव्यापी थिए। आइडिपीले लिएको आईइएलटीएस परीक्षा पनि ब्रिटिस काउन्सिल सरहकै हुन्छ ।  दुवै संस्थाले लिने परीक्षाको प्रक्रिया र तरिका पनि एउटै हुन्छ ।

  परीक्षाको प्रश्नपत्र बनाउनेदेखि परीक्षण गर्ने सम्म दुवै संस्थामा क्याम्ब्रिजकै टिम हुन्छ । क्याम्ब्रिज विश्वविद्यालयले तोकेको मापदण्ड पूरा गरेर आइडिपीले पनि परीक्षा लिने भएकाले यसको विश्वसनियता र गुणस्तर ब्रिटिस काउन्सिलकै सरह हुन्छ   । यसअघि ब्रिटिस काउन्सिलले नेपालमा एकलौटि रुपमा आईइएलटीएसको परीक्षा लिने गर्दथ्यो । अव त्यो एकाधिकार तोडिएको छ ।

प्रतिक्रिया

सम्बन्धित