नेपालमा आइडिपीद्वारा काम सुरु, ब्रिटिस काउन्सिलको एकाधिकार तोडियो

काठमाडौंको लाजिम्पाटस्थित मेट्रो पार्कमा आज आइडिपीको आईइएलटीएस कार्यालय एवं परीक्षा केंद्रको उद्घाटन गर्दै दक्षिण एशिया र उत्तरी अमेरिकाका निर्देशक हरमीत पेंटलले भने - 'आइडिपीले आईईएलटीएसको पोर्टफोलियोमा महत्वपूर्ण भूमिका प्रदान गर्नेछ र अंग्रेजी भाषा परीक्षाको समयको उच्च मागलाई अब आइडिपीलेले सहज बनाउनेछ । '
आईइएलटीएस संचालनको दक्षिण एशिया तथा दक्षिण कोरिया हेर्ने निर्देशक विशाल गुप्ताले आफ्नो च्यानल साझेदार, शिक्षा र सरकारी संगठनको सहयोगमा नेपालमा आईइएलटीएस संचालन सेट अपमा ठूलो अनुभव भएको बताए । हरेक महिनामा आइडिपीले चार वटा परीक्षा सञ्चालनमा ल्याउने र अगस्ट २० मा पहिलो परीक्षा हुने उनले जनाए । विश्वव्यापी रुपमा नौ हजार भन्दा बढी संगठनले आईइएलटीएसलाई अंग्रेजी भाषाको रूपमा स्वीकार गरेका छन् ।
गत वर्ष २५ लाख भन्दा बढी परीक्षण विश्वव्यापी थिए। आइडिपीले लिएको आईइएलटीएस परीक्षा पनि ब्रिटिस काउन्सिल सरहकै हुन्छ । दुवै संस्थाले लिने परीक्षाको प्रक्रिया र तरिका पनि एउटै हुन्छ ।
परीक्षाको प्रश्नपत्र बनाउनेदेखि परीक्षण गर्ने सम्म दुवै संस्थामा क्याम्ब्रिजकै टिम हुन्छ । क्याम्ब्रिज विश्वविद्यालयले तोकेको मापदण्ड पूरा गरेर आइडिपीले पनि परीक्षा लिने भएकाले यसको विश्वसनियता र गुणस्तर ब्रिटिस काउन्सिलकै सरह हुन्छ । यसअघि ब्रिटिस काउन्सिलले नेपालमा एकलौटि रुपमा आईइएलटीएसको परीक्षा लिने गर्दथ्यो । अव त्यो एकाधिकार तोडिएको छ ।

सुनको मूल्य पून : बढ्यो
_1UYBApZJmw_hhmvij2qqd3gev79cg8v1xprhlfgevrmaxgu5of8uou9c8gnswn2j3qdby5n_CQ3QJJlvdJ_ukq0o3esfkygv4iklrhf6fiosflte8c8fchpfgzcxzirqjn2s1hyjvragavp.jpg)
करेन्ट, गुट्खा, भोला पावर, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

२५ जना महिलाले २५ सयबाट सुरु गरेको सहकारी झण्डै ७१ करोडको मालिक
_Lvw0M0yfPg_buzfrtgaprztpdhbi4rahulidezg6b1f2vnqk0z3z4k7pllbonjltjaitm7n_kB5VVx5cjQ_f8fb80ibvsezp7ymj4a4oec8xmmvch7wei85zwe3zgpoamesxt4snvmkitzb.jpg)
डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो
%2520(12)_ccg9YI0Vb0_wx6anenxdyl9gn7yijbd4zqsuctea7ax7lajazcwbg5froxwiwzfwvxxzmcj_yLhlqmNDUk_41xqamkloz8kz08idz896qgwmnnfkfzqh2iiz6yzokrqmhk6pgldbwcdd0ta.jpg)
पोखरामा पहिलो ‘नाडा अटो शो २०२५’ सम्पन्न
_8CvvJHEh1n_ojah61gs4qevxwqcgwcfm3i9qiqiowdkqop48ril4eti61ysadgqiat0jnwm_VSJHhjvNMp_1fsja1xqa4iay8qqjini7jlzejcad2dvvi7krxsel2kc4ljxyey0btbz5atk.jpg)
निगमले घटायो पेट्रोलियम पदार्थको मुल्य
_6TNRIBI5Kp_9pyf3zavrf90bbppvwyxkdyhdqzpbtidz7h0dc1jcenglqfweuote0vhiarz_ZGrknrLYaW_plplrv5pjdznbqshdjad4cgvj0s75hlq2smiecmfvnawvqofoq1qkattnlwu.jpg)
मोवाइल व्यवसायी महासंघको प्रदेश स्तरीय भेला चितवनमा

प्रतिक्रिया