दुर्घटनाको बहानामा यातायात व्यवसायी र यात्रु माथि राज्यको शोषण : खतिवडा

ramhari 2काठमाडौं : नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सिण्डिकेटले सर्वसाधारण जनता मारमा परेको भन्दै रोडपरमिट लिएको छैन भनेर राज्यले यातायात व्यवसायी र यात्रुलाई दुःख दिएको आरोप लगाएका छन् । संसदको आजको बैठकमा विशेष समयमा बोल्दै सांसद खतिवडाले दुर्घटनाका बहानामा राज्यले जनतालाई दुःख दिएको आरोप लगाएका हुन् । ‘दुर्घटनाको नाममा यात्रुलाई दुःख दिने काम भएको छ । दुर्घटना नहुँदासम्म चुप लागेर बस्ने अहिले आएर दुःख दिने ? यस्तो गर्न पाइँदैन ।’ खतिवडाले भने –‘हिजो पनि त्यो पुलिसि प्रशासन थियो । दुर्घटनाका नाममा दुःख दिने काम रोक्नु पर्छ । दुर्घटना नहुँदासम्म कानमा तेलमा हालेर बस्ने । अहिले दुःख दिने ।’ सिडिकेटका नाममा अर्को सिण्डिकेट लागू हुन नहुने भन्दै उनले भूकम्पपीडितलाई छिटो राहत उपलब्ध गराउन सरकारसँग माग समेत गरेका छन् । यता, एमालेका सांसद रामहरि सुवेदीले प्रचण्ड सरकार कालोबजारीसँग मिलेर जन्मिएको आरोप लगाएका छन् । पेट्रोलियम पदार्थको सहज आपूर्ति व्यवस्था मिलाउन आग्रह गर्दै उनले भने–‘सरकारले किन पेट्रोलियम पदार्थ सहज बनाउन सक्दैन ? यो सरकार तस्कर र सिण्डिकेटसँग मिलेर जनतालाई दुःख दिएको छ ।’

प्रतिक्रिया

सम्बन्धित