सुनवाई समितिको पहिलो बैठक बस्दै, सभामुख र राष्ट्रियसभा अध्यक्ष पनि उपस्थित हुने

sachibalaya

sachibalaya

काठमाडौं ।  संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक आज बस्दैँछ ।

संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्न लागेको हो । बैठक बिहान ८ बजे बस्नेछ । 

सो पहिलो बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे तथा राष्ट्यि सभा अध्यक्ष  गणेशप्रसाद तिमिल्सिनाले पनि उपस्थित हुनेछन् । 

अघिल्लो संसद अधिवेसनको अन्तिम दिनमा संसदीय समिति गठन भएको भए पनि अझै पनि सभापति चयन हुन सकेको छैन ।

गत सोमवार सभामुख घिमिरेले सहमतिवाट संसदीय समितिको सभापति चयन गर्न नसके निर्वाचन प्रक्रियावाट भए पनि एक साता भित्र टुंग्याउन दलहरुलाई निर्देशन दिईसकेका छन् । 

प्रतिक्रिया

सम्बन्धित