भारु नोटबारे संसदमा सरकारको ध्यानाकर्षण

ramsharan-mahat-minister-oकाठमाडौं : पूर्वअर्थमन्त्रीहरुले छिमेकी मुलुक भारतले आफ्नो ५०० र १००० का नोटमा लगाएको प्रतिवन्धपछि नेपालमा पर्ने असरबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।व्यवस्थापिका संसदको शुक्रबारको बैठकमा पूर्वअर्थमन्त्री डा. रामशरण महत र सुरेन्द्र पाण्डेले नेपालीहरुको हितका लागि सरकारले काम गर्नु पर्ने बताएका छन् । साथै कालोधनलाई सेतो बनाउन सक्ने भन्दै सरकार सचेत हुनु पर्नेमा समेत पूर्वअर्थमन्त्रीको जोड छ । कांग्रेस नेतासमेत रहेका पूर्वअर्थमन्त्री डा. महतले भारत सरकारको निर्णयले सीमा क्षेत्रका साना व्यवसायी र भारतमा काम गर्ने नेपालीहरु मारमा पर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । सरकारले राजनीतिक पहल गर्नु पर्ने भन्दै उनले भने–‘स्रोत खुलेका, साना व्यवसायी र भारतमा काम गर्नेहरुको हित रक्षाका लागि सरकारले तुरुन्त कदम चालोस् । अर्थमन्त्री स्वयंम क्रियाशील हुनुपर्यो र प्रधानमन्त्रीले जागर देखाउनुपर्यो ।’ पूर्वअर्थमन्त्री महतले भारतबाट कालो धन नेपाल भित्रिने सम्भावना रहेको भन्दै प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री कृष्णबहादुर महराको ध्यानाकर्षण पनि गराएका छन् । surendra-pandey_400संसदमा बोल्दै एमाले नेता एवं पूर्वअर्थमन्त्री पाण्डेले नेपालीहरुको हितका लागि सरकारले पहल गर्नुपर्ने बताएका छन् । उनले भने–‘नेपालमा फेरि कालोधनका रुपमा सटही गर्ने अवसरका रुपमा प्रयोग नहोस् ।’ भारतले आफ्नो नोटमा प्रतिबन्ध लगाएको घटनाबाट नेपालले सिक्नुपर्ने बताउँदै पूर्वमन्त्री पाण्डेले पैसा बैंकमा राख्ने बानी बसाल्नुपर्ने र विदेशी नोटको प्रयोगमा सचेत हुनुपर्ने पाठ यो घटनाले सिकाएको बताए ।

प्रतिक्रिया

सम्बन्धित