त्यतिबेला सिफारिस गर्ने अनि अहिले महाअभियोग लगाउँछौं भनेर मच्चिनु बेकार छ : केसी

suryaकाठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अख्तियार प्रमुखमा लोकमानसिंह कार्कीलाई सिफारिस र नियुक्त गर्ने नेताले संसदमा जवाफ दिनुपर्ने बताएका छन्। शुक्रबारको संसद बैंठकमा बोल्दै सांसद केसीले भने–‘राजाको हुकुमबाट कर्मचारी बनेर पछि लोकतन्त्र विरोधी र दमन गरेको लोकमानको विषयमा उनको सिफारिस गर्ने नेताहरुलाई जानकारी थियो। उनीहरुलाई जानकारी भएर पनि बाध्यता वसः अर्काकै करिया मइ के गरु भगवान भने जस्तै भएर गरेका हुन् ।’ कार्कीको नियुक्तिमा सडकमा नागरिक समाज लगायतको ठूलो विरोध गर्दा नदेख्ने र विरालो मारेको देख्ने भनेजस्तै उनको नियुक्ति गर्ने दल र नेता गल्ती नहुने अहिले महाभियोग लगायौं भनि हल्ला गरेर केही नहुने केसीको भनाई थियो । ‘अहिले त्यतिबेला उनलाई सिफारिस गर्ने दलका नेताहरुले यो सदनमा हामीले यस कारण बाध्य भयौं भनि माफी माग्नुपर्छ।’–उनले भने ।

प्रतिक्रिया

सम्बन्धित