उपेन्द्रको गोजीबाट फुत्त के निस्कियो ?

यादवले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सोमबार बुझाएको ज्ञापनपत्र (स्मरणपत्र)का विषयमा पहिला छलफल नगरेको खुलेको छ । स्रोतका अनुसार प्रधानमन्त्री दाहाललाई भेटेर सरकार गठनका बेला भएको तीन बुँदे सहमति कार्यान्वयनमा दबाब दिने र स्मरण गराउने निर्णय भएको थियो ।
अचानक ज्ञापनपत्रमा सरकारलाई १५ दिनको समय दिएर अल्टिमेटम दिने कुरा कतै सहमति नभएको स्रोतको दाबी छ । १५ दिनमा माग पूरा भएन भने के गर्ने ? स्रोतले भन्यो–‘उपेन्द्रजीलाई के भएको हो ? मधेसी मोर्चाभित्र सल्लाह नै नगरेर किन १५ दिनको अल्टिमेटम दिनुभयो ?’ मधेसी मोर्चाका एक नेताले भने–‘राजनीतिमा कहिल्यै पनि भने जस्तो हुँदैन ।
राजनीतिक विषयमा दबाब दिइन्छ । समय र मिति तोकेर कहिल्यै दबाब दिनु हुँदैन ।’अध्यक्ष यादवले मधेसी मोर्चा र संघीय गठबन्धनमा आफ्नो बर्चश्व देखाउनका लागि आफू निकटका नेताहरूसँग परामर्श गरेर ज्ञापनपत्रको ड्राफ्ट तयार पारेको स्रोतको भनाई छ । ज्ञापनपत्रको ड्राफ्ट संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, जनजाति आन्दोलनका ओम गुरुङसहितका सीमित नेताहरूले तयार पारेका हुन् ।
ज्ञापनपत्र बुझाउन पुगेका गठबन्धनका नेताहरूको मनस्थिति पहिल्यै बुझेका प्रधानमन्त्री दाहाल पनि के कम । उनले गठबन्धनका नेताहरूले खोजेजस्तै गरेर मौखिक रुपमा पुनः आश्वासन दिएर फिर्ता पठाइदिएका छन् । जे होस् मोर्चा र गठबन्धनभित्र अध्यक्ष यादवले ‘मैले जे भन्यो त्यही हुन्छ’ भन्ने सन्देश दिन खोजेपछि उनलाई शंकाको घेराभित्र राखिएको एक नेताले बताए,यूनाइटेड पोस्ट साप्ताहिकबाट ।

नयाँ वर्षमा नयाँ ऊर्जा, सङ्कल्प र सम्भावनाको खोजी गर्छाैं : प्रधानमन्त्री ओली
_D3BeYo1vqv_xftazfohlkw2qtglticbkq4blixiws0vslcm5yrwhz9yq1fxpkjn3k3qllnd_DP582XXjfK_c11qxjbynkutrpp6viuenzgwmjtu5b2hyq3xqco4uwv4ewgerb4eaqlqckia.jpeg)
विद्यालय शिक्षा विधेयक चाँडै आउँछ, शिक्षकहरु आन्दोलनमा बसिरहनुु पर्दैन : प्रधा…
%2520(12)_GrcNHLYZTm_19p5mzels5hm1aq0e4zpdtmrjifx1p6iwofeduvmkhizzisykxcvya7xk0su_PcqfxVFM0k_kbitoclqetzwmz9g8mj5s7xqmspldhnpbufzvbjfeqow18nxt8cxjs7lwoga.jpeg)
जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन सक्दैन : प्रधानमन्…

रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै
%2520(2)_2OHfomj8Nm_di0lapdnk5klowcdcmpswiheey4hoxopconeeadddcshdqsoyq5a3qudtmxb_0TQbpPEK5N_d4safsq09wnnbzftehrcgu1xslohbmk7ril67jjsjdqxspdjn1u5ktetkbs5.jpg)
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै,यस्तो छन् कार्यसूची
_bjuaMVIhlL_zjrxml5wl0xfa0xe6sirujwvychgrjvw8hroqsbmc763r19o68pex24onxde_ZX7fYQdZlm_m1pkeidkgnpsga2kgh85iwore4ihgrakbm4gjmp9g3snk2pm9kklsaocgzuk.jpg)
विविधतायुक्त संस्कृतिलाई राष्ट्रिय एकतामा रुपान्तरित गर्न प्रधानन्त्रीको आग्रह
%2520(1)_eKYKJdfTnJ_ozb9nsxerlkfaibuw1kano3utsnlptbgyvdrsli7dyemg0zcypqmhji8t2ze_ROsGVrOrBg_bfqnnvivwv9w7s6r2ub27abtdatt8x9ngejihlx9i24afv998qhcwsu80kix.jpg)
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
_nACo5kMwBq_wc2d4b53xqqd76s9wyyffobzvhahq7c9kgsj39rxfku1b2k4hiocr5qk836r_wg0ikxXKxa_e3kis6j0sxkiurayv4vma6bleyk1odhhj4kz7v2niatn8a39auxe3jp2k6rw.jpg)
प्रतिक्रिया