नेपाल इन्जिनियरिङ परिषद्ले लिएको लाइसेन्स परीक्षामा ७१ प्रतिशत परीक्षार्थी फेल

काठमाडौँ ।
नेपाल इन्जिनियरिङ परिषद्ले लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक गरेको छ । चैत्र १२ र १३ गते लिइएको इन्जिनियर लाइसेन्स परीक्षाको परिषद्ले सोमबारै नतिजा सार्वजनिक गरेको हो । जसमा ७१ प्रतिशत परीक्षार्थी फेल भएका छन् ।
लाइसेन्सका लागि २ हजार ६ जनाले आवेदन फारम भरेका थिए । तर परीक्षामा सहभागीहरूको संख्या भने १ हजार ९८१ थियो । तीमध्ये ५६५ जनामात्र पास भएको परिषद्ले जनाएको छ । ११ जनाको परीक्षा रद्द गरिएको छ । यसअनुसार २८।५ प्रतिशत मात्र परीक्षार्थी पास र ७१।५ प्रतिशत परीक्षार्थी फेल भएका छन् ।
इन्जिनियर उत्तीर्ण गरेकाहरूले इन्जिनियरिङ व्यवसायका लागि काउन्सिलमा दर्ता हुनुपर्ने व्यवस्था छ । यसअघि परिषद्ले शैक्षिक प्रमाणपत्रको आधारमा दर्ता नम्बर उपलब्ध गराउँथ्यो । त्यसबाट गुणस्तरमा प्रश्न उठेपछि परिषद्ले परीक्षामा पास भएकाहरूलाई मात्र लाइसेन्स दिन थालेको हो

शीतल निवासमा धान रोपाइँ

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार बस्दै

कांग्रेसको निष्कर्ष- संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकार्षण

संसद बैठक १५ मिनेटका लागि स्थगित

रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला

प्रतिक्रिया