बुटवलमा सरकारमा सहभागी दलकै संयुक्त विरोध र्याली, उद्योगी व्यवसायीहरु पनि समभागि

butwalकाठमाडौं : सरकारले पाँच नम्वर प्रदेशलाई टुत्र्mय्राउने गरी ल्याएको संविधान संशोधनप्रति विरोध गर्दै आएका बुटवलबासीले आज प्रदेश नम्बर ५ स्तरीय विरोध र्‍याली तथा सभाको आयोजना गर्दैछन् । कार्यक्रममा यहाँबाट प्रतिनिधित्व गरेका दलका नेताहरुले बुटवलमा सम्बोधन गर्ने भएका छन् । सरकारमा सहभागी दलका नेताहरुले समेत विरोध सभालाई सम्बोधन गर्ने भएका छन् । एमाले नेता बामदेव गौतम, विष्णु पौडेल, माओवादी केन्द्रका टोपबहादुर रायमाझी, कांग्रेसका चन्द्र भण्डारी, राष्ट्रिय जनमोर्चाका प्रवक्ता दुर्गा पौडेल लगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको बुझिएको छ । दलहरुको संयुक्त संघर्ष समितिले बिहान ११ बजे अगुवा कार्यकर्ता भेला गर्ने छ । दिउँसो २ बजे प्रदेश स्तरीय र्‍याली निस्कने छ । त्यसमा ५ नम्बर प्रदेशका १२ जिल्लाकै सम्पर्क समाज, सामाजिक संघसस्था, उद्योगीव्यवसायी लगायतले सहभागीता जनाउने छन् ।विरोध सभालाई मध्यनजर गरी प्रदर्शनकारीहरुले जिल्लामा आज यातायातका साधन सञ्चालनमा खुकुलो बनाएका छन् । बजार, पसल, औद्योगीक प्रतिष्ठान, शिक्षणसंस्था भने ठप्प छन् । संशोधन प्रस्ता संसदमा दर्ता भएको दिन देखिनै ५ नम्बर प्रदेशलाई नटुक्र्याउन माग गर्दै आएका बुटवलबासीले प्रदर्शनलाई अझै निरन्तरता दिइरहेका छन् । रुपन्देहीका उद्योगी व्यवसायीहरुले बुटवलको राजमार्ग हँुदै भित्री सडकहरुमा विरोध जुलुस निकालेका छन् । रुपन्देही उद्योग संघको अगुवाइमा जिल्लामा क्रियाशिल उद्योगी व्यवसायीहरुको सञ्जाल र उद्योग वाणिज्य संघ बुटवलले छुट्टाछुट्टै विरोध जुलुस निकालेका हुन् । संस्थाको व्यानर र राष्ट्रिय झण्डासहित  प्रदर्शनमा उत्रीएका उद्योगी व्यवसायीहरुले आर्थिक र व्यापारीक दृष्टिकोणले पहाड र तराई छुट्टाउन नहुने माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित