८ केजी लागूऔषध पोलेण्डसहित तामाङ पक्राउ

laaguकाठमाडौं । गाँजालाई प्रशोधन गरी चरेश बनाउन तयार पारिएको कच्चा पदार्थ लागूऔषध पोलेण्डसहित एक व्यक्ति पक्राउ परेका छन् ।

  महानगरिय प्रहरी वृत्त कालीमाटीले मकवानपुर टिस्टुङ घर भई चन्द्रागीरी नपा–८ स्थित हरि कार्कीको घरमा डेरा गरी बस्ने सुजन तामाङलाई ८ केजी २ सय ग्रामसहित लागूऔषध पोलेण्डसहित पक्राउ गरेको जनाएको छ ।

 उनको साथ र डेराकोठाबाट कालीमाटी प्रहरी वृत्तले उक्त कच्चा पदार्थ ,पाँच हजार नगद र मोबाइलसमेत बरामद गरेको छ ।

   तामाङ तराईका विभिन्न जिल्लामा गाँजाको खेती गर्ने र त्यहाँबाट कुटेर चरेस बनाउनका लागि प्रशोधन गरी राजधानी ल्याएर विक्री गर्ने गिरोह रहेको खुलेको छ । यस वारेमा थप अनुसन्धान भैरहेको कालीमाटी वृत्तका प्रमुख डीएसपी नवराज अधिकारीले वताए ।

प्रतिक्रिया

सम्बन्धित