देशभर ५३६ संक्रमणमुक्त हुँदा थप ८४८ जनामा कोरोना पुष्टी

Corona_Test

 

काठमाडौं ।नेपालमा पछिल्लो २४ घन्टामा ८४८ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएका ५६१९ नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पोजेटिभ देखिएका हुन् ।

मन्त्रालयका अनुसार उक्त अवधिमा ५३६ जना कोरोनामुक्त भएका छन् भने १ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार उक्त अवधिमा नेपालमा ९० हजार ४४७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

मन्त्रालयका अनुसार अहिलेको अवस्थामा नेपालमा ५ हजार २५९ जना सक्रिय संक्रमित रहेका छन् ।

Comments

Top