यी १० महिला भए कांग्रेस केन्द्रीय सदस्य (सूचीसहित)

congress

काठमाडौं । नेपाली कांग्रेसमा १० जना केन्द्रीय सदस्य मनोनीत गरिएको छ ।

सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम १० जनालाई केन्द्रीय कार्य समिति सदस्य पदमा मनोनीत गरेको कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

सभापति देउवाले सबै सदस्यहरुमा महिलाहरुलाई मनोनित गरेका छन् । उनका अनुसार महोत्तरीकी किरण यादव, काठमाडौंकी राधा घले, ललितपुरकी धना खतिवडा, धादिङकी उर्मिला थपलिया, मोरङकी  रुकमिनी कोइराला, काठमाडौंकी कल्याणी रिजाल, झापाकी गोमा भट्टराई, रुपन्देहीकी गंगा शाही, सुनसरीकी लक्ष्मी खतिवडा र नवलपुरकी सीता देवकोटालाई केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।  

मनोनीत केन्द्रीय सदस्यहरूको सूची यसप्रकार छः

May be an image of text

प्रतिक्रिया

सम्बन्धित