प्रचण्ड आइपुगे जापान, नेपाली राजदूत सुवेदी पुगे विमानस्थल

टोकियो । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जापान आइपुगेका छन् । पाँच दिने भ्रमणका लागि प्रचण्ड भर्खरै जापान आइपुगेका हुन् । उनलाई जापानका लागि नेपालका राजदूत दुर्गाबहादुर सुवेदीले स्वागत गरेका थिए ।
प्रचण्डसहित टोलीमा प्रमुख स्वकीय सचिव गङ्गा दाहाल, स्वकीय सचिव रमेश मल्ल र प्रेस संयोजक सूर्य किरण पनि रहेका छन् ।
नेपाली जन प्रगतिशील मञ्च जापानको निमन्त्रणामा जापान आएका प्रचण्डले विभिन्न कार्यक्रममा भाग लिने कार्यक्रम छ । प्रचण्डले आज फुकुओकामा हुने नेपाल फेस्टिभलको उद्घाटन गर्ने छन् ।
भोलि हिरोसिमाको भ्रमण गर्ने कार्य तालिका छ । अध्यक्ष प्रचण्डले जापानको सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका नेताहरूसँग भेटवार्ता गर्ने पनि कार्यक्रम रहेको सचिवालयले जनाएको छ । प्रचण्ड साउन २५ गते नेपाल फर्कने कार्यतालिका रहेको छ ।

तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान, बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

महिला टी–२० सिरिजमा आज नेपाल र हङकङ भिड्दै

भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि

सहिद सप्ताहको अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न
_8irItyHrbH_libzc4utn4nf88x7sf9kr44v1tsm13viil7piorkjltwge9e70lx1ulwkozo_JBCJCh94NM_96gn2eubh6fucryrbwjj8vympifinvhjpmmfjihndvpbjqfl8ktzmz1t6gxi.jpg)
एपीएफलाई हराउँदै चर्च ब्वाइज बागमती गोल्डकपको फाइनलमा
%2520(6)_aiDT5o6OuM_aifsmky2wsxdxc9hehgx1cjkkamfmjloatv7ixovyyhacificfssgmfvp1ha_qt2rTZXAQd_agzmhryxpr8bklyudxnjmgocqo2ueyg6sgd9ep3dpdxnvjra47ajutgco5qj.jpg)
जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि मन्थली नगरपालिकालाई
_E58vjO8T9x_m9gq708qecz8gjkv5tjtr3hpmomzbwbsdvn2lgogcbistbk8bj7te7lnxuxx_taVW5M6VuZ_02sb3ifkbw5xc1kcsdzfonitowdwmccnnrekh4mr6dfryzfxvufpzqnanbxh.jpg)
शीतकालीन एसियाली खेलकुदमा सन्तोषजनक प्रदर्शन
_SzEU9Tztdf_zsksfe0riuctsvwumdz0jtdhla5qpklg3ln7rf60cepzeytzxjfbcqk5ziya_PQofOxTq6L_ax43fxekkj9irjkgrael6uw2uc7kn0dargf1lg49p6mvjouuv33axnwownqu.jpg)
प्रतिक्रिया