साफ यू-२०ः बंगलादेशलाई हराउँदै भारत बन्यो च्याम्पियन

काठमाडौं । साफ यू २० च्याम्पियनसिपको उपाधि भारतले जितेको छ। भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा सम्पन्न फाइनल खेलमा बंगलादेशलाई ५-२ गोलले हराउँदै भारत च्याम्पियन बनेको हो।
खेलको दोस्रो मिनेटमै गुरकिरत सिंहको गोलमा भारतले अग्रता बनाएको थियो। तर ४५ औं मिनेटमा रफिकुल इस्लामले गोल फर्काउँदै खेल बराबरीमा ल्याए। दोस्रो हाफमा बंगलादेशका शाहिन मियाले गोल गर्दै ५१ औं मिनेटमा अग्रता दिलाए। तर, गुरकिरतले नै ६० औं मिनेटमा गोल गर्दै भारतलाई खेलमा फर्काए। निर्धारित ९० मिनेटको समय २-२ को बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो।
अतिरिक्त समयमा भारतले ३ गोल थप्यो। ९२ औं मिनेटमा हिमांशु जांगरा गोल गर्दा ९३ औं मिनेटमा गोल गर्दै गुरकिरतले ह्याट्रिक पुरा गरे। त्यस्तै ९९ औं मिनेटमा उनले नै गोल थपे। र, भारतले ५-२ गोलले खेल आफ्नो पक्षमा पार्न सफल भयो।
साफ च्याम्पियनसीपको फाइनल प्रवेश गर्न असफल रहेको नेपाल भने स्वदेश फर्किइ सकेको छ। नेपालले ४ खेल खेल्दा २ वटामा जित, एउटा हार र एउटा बराबरी खेलेको थियो।

करारका कर्मचारी हटाउने पोखरा महानगरको निर्णयबिरुद्ध उच्च अदालतले दियो अल्पकाल…

चन्द्रागिरि नगर अस्पताल थानकोटमा भेन्टिलेटर सेवा सुरु हुने, मुख्य मन्त्रीज्युबाट…

स्वास्थ्य बीमा सुधारका लागि डा. आचार्यको नेतृत्वमा सुझाव समिति गठन

रौतहटको राजपुरमा फैलिएको हैजा नियन्त्रण हुँदै

रौतहटको राजपुरमा हैजा पुष्टि, प्रशासनद्वारा निषेधित क्षेत्र घोषणा

भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण

कांग्रेस नेता आनन्द विष्टको पहलमा अमेरिकाबाट तीन बिरामीलाई आर्थिक सहयोग

प्रतिक्रिया