रामेछाप बस दुर्घटनामा मृत्यु हुनेमध्ये ८ जनाको सनाखात

मन्थली । रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा आज बिहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेमध्ये ८ जनाको सनाखत भएको छ ।
बस दुर्घटनामा परी १२ जनाको मृत्यु भएको थियो । दुर्घटनामा ९ जनाको घटनास्थलमै र ३ जनाको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । मृत्यु हुनेमा ७ जना पुरुष र ५ जना महिला रहेका छन् ।
रामेछाप प्रहरीका अनुसार मृत्यु हुनेमा सुनापति–५ की २६ वर्षीया समरिता तमाङ, ६० वर्षीय ठुला तामाङ, ३६ वर्षीय ढुकुरे भन्ने खडक विक, २२ वर्षीया विपना तामाङ, कान्छी माया भन्ने शुभलक्ष्मि, सुनापति–४ की ३६ वर्षीया सन्जु आलेमगर, काभ्रेको रोशी गाउँपालिकाकी कमला तामाङ, काभ्रेकै सुदिप गमजेर रहेका छन् ।
दुर्घटनामा घाइते भएका २१ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
रामेछापको हिलेदेखी काठमाण्डौ आउँदै गरेको बा ३ ख ८६९६ नम्बरको बस आज बिहान सवा १० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।

शीतल निवासमा धान रोपाइँ

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार बस्दै

कांग्रेसको निष्कर्ष- संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकार्षण

संसद बैठक १५ मिनेटका लागि स्थगित

रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला

प्रतिक्रिया